पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

 असार १२, २०७५ मंगलबार ११:१४:४१ | दिल शिरीष
unn.prixa.net

बाग्लुङ – सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण बरेङ गाउँपालिका–१ धुल्लुबाँस्कोटको लुरुङमा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको छ ।

वर्षासँगै घरमाथिको पहाडबाट खसेको पहिरोले राति १२ बजे स्थानीय विष्णुबहादुर क्षेत्रीको घर पुरिएको हो ।

घर पहिरोले पुरिँदा ४० वर्षीय विष्णुबहादर क्षेत्री, उनकी ३५ वर्षीय श्रीमती विष्णु क्षेत्री र ३ महिनाकी छोरी सोनिया क्षेत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्वराजसिंह  थापाले जानकारी दिनुभयो ।

खत्रीका दुई छोरीको भने गाउँ बाहिर गएका कारण ज्यान जोगिएको छ । 

घटनाको सूचना पाउने वित्तिकै ईलाका प्रहरी कार्यालय बरेङको प्रहरी टोली र स्थानीय बासिन्दा उद्धारमा खटिएका थिए । उनीहरुको गोठमा रहेका पशुचौपाया पनि पुरिएर मरेका छन् । यही ठाउँमा अन्य २ घर र ३ गोठ पनि पुरिएको तर मानवीय क्षति नभएकाे प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

दिल शिरीष

बाग्लुङ्गका उज्यालो सहकर्मी दिल शिरीष पत्रकार महासंघको जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । 

1 Comments

  • Dhanu bista

    June 26, 2018, 12:58 p.m.

    साच्चिकै हामी गरिबलाई नहेप्ने को पो रहेछ र ? सरकारको आश गरौ , सत्तामा बस्ने सबै नेताहरु उस्तै १००/२०० रुपियामा लाजै नमानी बिक्री भइहाल्छन।अनि सबै सामानहरुमा चर्को मुल्यमा बिक्री गरि हामी गरिब जनतालाइ नै मर्कामा पार्छ्न ।खेती किसानी गरेर खाउँ भने बर्ष भरी सकिनसकी पसिना चुहाइ चुहाइ खेती गर्यो ,जब अन्न घरमा भित्त्र्याउने समय आउँछ तब कि त असिना परेर कि भने हावा हुरी अनि खडेरीले सबै अन्न बाली सबै नष्ट पारिदिन्छ। अब चैत बैशाखको महिनामा खडेरीले सुकाएर पो मार्ने हो कि भन्ने डर, फेरि जब साउन भदौको महिना सुरु हुन्छ फेरि बाढी पहिरोले पुरेर मार्ने हो कि भन्ने डर , सांचै कहिले सम्म होला हामी यस्तो डर अनि त्रासमा बाच्नु पर्ने???????अरु त के नै पो गर्न सकिन्छ र मृत्यु भएका सबै जनाको आत्माले शान्ति पाओस्..........

  •  0 Reply

तपाईको प्रतिक्रिया