एसेजकाे जर्सीमा अब खेलाडीकाे नाम र नम्बर पनि

 चैत ६, २०७५ बुधबार १०:१३:२ | एजेन्सी
unn.prixa.net

इंग्ल्याण्ड र अस्ट्रेलियाबीचको महत्वपूर्ण टेस्ट एसेज श्रृंखला हो । अगस्ट महिनामा हुने एसेजमा यस वर्षदेखि खेलाडीले लगाउने जर्सीमा नाम र नम्बर पनि राखिने भएको छ ।

टेस्ट क्रिकेटमा खेलाडीको टी–शर्टमा नाम र नम्बर लेख्न लागिएको पहिलो पटक हो । टेस्ट क्रिकेटको १४२ वर्षको इतिहासमा अहिलेसम्म सेतो जर्सीमा क्रिकेट खेल्दै आएका छन् । यसैगरी एक दिवसीय र टी–२० मा मात्र खेलाडीले रंगीचंगी जर्सी लगाउँदै आएका छन् ।  इंग्ल्याण्ड र अस्ट्रेलियाबीचको एसेज श्रृंखला अगस्ट १ तारिखदेखि शुरु हुँदैछ । 

१८८२ देखि अस्ट्रेलिया र इंग्ल्याण्डका बीचमा एसेज श्रृंखला सुरु भएका थियो । २०१७ को एसेज अस्ट्रेलियाले जितेको थियो । तर यसवर्ष हुने एसेज भने आईसीसीको टेस्ट च्याम्पियनसिपको रुपमा खेलिने छ । अहिले खेलाडीको जर्सीमा प्रयोग गरिने नाम र नम्बर एसेजका लागि मात्रै भएको जनाइएको छ ।

पछिल्लो समय टेस्ट क्रिकेटको क्रेज घट्न थालेपछि आईसीसीले यसको क्रेज बढाउन विभिन्न उपायहरु खोजि गरिरहेको छ । जस अनुसार आईसीसीमा टेस्ट क्रिकेटमा पनि एक दिवसीय र टी–२० मा जस्तै ‘नो बल’ मा पनि ‘फ्री हिट’ दिन पनि सुझाव दिइएको छ । तर यो नियम  अझै कार्यान्वयनमा भने आएको छैन ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया