हिन्दू राष्ट्र स्थापनाका लागि जनमत संग्रह गर्न तयार छ : महामन्त्री काेइराला

 चैत ६, २०७५ बुधबार १४:१०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दू राज्यको पक्षमा पुनः वकालत गर्नु भएको छ ।  

कांग्रेस महामन्त्री कोइरालाले गणतन्त्र र संघीयताको विषयमा पनि जनमत बुझ्न जनमत संग्रहमा जानुपर्ने प्रस्ताव अघि सार्नुभयो । बुधबार कांग्रेसको टोखास्थित आफ्नै निवासमा होलीको अवसर पारेर आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले धेरैजसो हिन्दू धर्मालम्बीहरुले सांसदमा निर्वाचित गराएकाले पनि उनीहरुको मागअनुसार आफूले हिन्दुूराज्यको पक्षमा अडान लिएको पनि स्पष्ट पार्नुभयो ।

राज्य धर्म निरपेक्ष र सापेक्ष दुवै हुन नसक्ने उल्लेख गर्दै महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र स्थापनाका लागि जनमत संग्रह गर्न सरकारलाई आवश्यक दबाब दिन पनि सबैलाई आह्वान गर्नु भयो । उहाँले आफ्नो पार्टी नागरिकले चाहेमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहमा जान तयार रहेको पनि बताउनुभयो 

फरक प्रसंगमा महामन्त्री कोइरालाले पार्टीको विभागहरु तत्काल गठन गर्न पनि सभापति शेरबहादुर देउवासँग दबाब दिनुभयो । उहाँले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यक्ता पनि औंँल्याउनुभयो । कम्युनिष्टहरु एकजुट भएका बेला पार्टी भित्रको एकता नहुने हो भने आगामी नचनमा पनि कांग्रेस विजयी हुन नसक्ने महामन्त्री कोइरालाको बुझाई छ ।

महामन्त्री कोइरालाले पार्टी भित्रको एकताको पक्षमा आफूले पहल गर्दै आएको पनि स्मरण गराउनुभयो ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

1 Comments

  • PBK PAUL

    March 20, 2019, 4:27 p.m.

    Wahoo ! Is this son of BP ? Amazing ,he is not leader but he wants to be a leader but with autocracy wive. If this man is the true leader he fights for multiparty,multi religion,multi concepts .May be this man has empty brain either he is sold for something .He has not found any others way for politics so that he is getting this motto which is leading him to vanish.

  •  0 Reply

तपाईको प्रतिक्रिया