एक्स्क्याभेटर दुर्घटनामा हराइरहेका चालकको शव फेला

 चैत ६, २०७५ बुधबार १४:१४:३ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – एक्स्क्याभेटर दुर्घटनामा हराइरहेका चालकको मानेभञ्ज्यांङ गाउँपालिका-४ मा रहेकाे बालेथाममा बुधबार शव फेला परेको छ ।

सोलु करिडोरको विद्युत प्रसारण लाइन विस्तारका लागि निर्माण गर्न लागिएको टावरको जग खन्ने क्रममा दुर्घटना हुँदा १८ वर्षीय चालक जीवन श्रेष्ठ मंगलबार साँझदेखि हराइरहेका थिए ।

उनको घटनास्थलमै शव फेला परेको प्रहरीले जनाएको छ । करिडोरको टावर (पोल) निर्माण स्थल खन्ने क्रममा ना१क ७७९४ नम्बरको एक्स्क्याभेटर दुर्घटनामा परेको थियो । दुर्घटनासँगै  चालक हराइरहेका थिए । एक्स्क्याभेटर मंगलबार साँझ ६ बजे दुर्घटना भए पनि चालकको अवस्था अज्ञात थियो ।

हराइरहेका चालकको शव भने बुधबार बिहान मात्रै फेला परेको प्रहरीले जनाएको छ । आयोजनाका ठेकेदार नआएसम्म स्थानीयले शव उठाउन मानेका छैनन् । एक्स्क्याभेटर सडकबाट ८ सय मिटर तल भीरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख पुष्पराज मल्ले बताउनुभयाे ।  

अन्तिम अपडेट: चैत १६, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया