महाेत्तरीकाे मटिहानीमा आगलागी, १ सय ५० वटाभन्दा बढी घरगाेठ जले
बैशाख १२, २०८१ बुधबार
खोटाङ – नियमित गर्भ जाँच गराउने खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका गर्भवती महिलालाई ‘कोसेली भेट’ गरिएको छ ।
नियमित चार पटक गर्भ जाँच गराएका धितुङका ६० जना गर्भवती महिलालाई नगरपालिकाले ‘कोसेली भेट’ गरिएको हो ।
बहुक्षेत्रीय पोषण कार्यक्रम र वडा कार्यालय धितुङसँगको सहकार्यमा नगर स्वास्थ्य शाखाले अण्डा, आयोडिन नुन, सरसफाइका लागि साबुन, रुमाल लगायतका कोसेलीसहित गर्भवती महिलालाई ‘कोसेली भेट’ गरेको हो ।
नियमित गर्भ जाँच गराउने गर्भवती महिलालाई मेयर इवन राई र उपमेयर बिमला राईले कोसेली ‘कोसेली भेट’ गर्नुभएको हाे ।
नियमित गर्भ जाँच गराउने महिलालाई सम्मान गर्दै अन्य गर्भवती महिलालाई पनि नियमित गर्भजाँच गर्न प्रोत्साहित गर्नका लागि नगरपालिकामा गर्भवती महिलासँग ‘कोसेली भेट’ कार्यक्रम सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर राईले बताउनुभयो ।