गूगलमाथि युराेपियन संघले लगायाे १.५ बिलियन यूरो जरिवाना

 चैत ७, २०७५ बिहिबार ७:३६:४३ | एजेन्सी
unn.prixa.net

यूरोपियन संघ इयूले सर्च इन्जिन गूगललाई १.५ बिलियन युरो जरिवाना तिराउने भएको छ ।

प्रतिस्पर्धी अनलाइन सर्च विज्ञापनदातालाई रोक लगाएको आरोपमा ईयूको प्रतिस्पर्धा आयोगले गूगललाई १.५ बिलियन युरो जरिवाना लगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

गूगलले अनलाइन विज्ञापनमा आफ्नो बलियो अवस्थाको दुरुपयोग गरेको आयोगले ठहर गरेको छ । आयोगले दुई वर्षभित्र गुगललाई प्रतिस्पर्धा नियम उल्लङघनमा जरिवाना तिराएको यो तेस्रो पटक हो । 

गूगलले युरोपियन कमिसनको ‘एन्टीट्रस्ट रुल’ भन्दा बाहिर गएर यस्तो कार्य गरेकाले जरिवाना गरिएको युरोपियन स‌ंघले जनाएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया