भोजपुरमा बालिका बलात्कार गर्ने युवकलाई ९ वर्ष कैद

 जेठ ३, २०७५ बिहिबार ९:१:१५ | बुद्ध तामाङ
unn.prixa.net

bhojpur

भोजपुर, जेठ ३ – जिल्ला अदालत भोजपुरले १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई ९ वर्ष कैद को फैसला गरेको छ । जिल्ला न्यायाधीश हरिचन्द्र इङनामको एकल इजालसले षडानन्द नगरपालिका वडा नम्बर–१ नेपालेडाँडाका २८ वर्षीय युवक दिनेश देवकोटालाई ९ वर्ष कैद सहित ५० हजार क्षतिपूर्ति दिनु पर्ने फैसला गरेको हो ।

पीडित बालिकालाई ती युवकले आफ्नो पसलमा सामान किन्न आएको बेला ०७४ वैशाख २१ गतेदेखि पटक– पटक बलात्कार गर्ने गरेको पीडित बालिकाको परिवारले दिएको उजुरीमा उल्लेख छ । पटक– पटक बलात्कृत हुँदै आएकी बालिकाले गएको २०७४ साल माघ १५ गते आफ्नी दिदीलाई सुनाएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए । 

उजुरीको आधारमा दिनेशलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आरोपित दिनेशलाई मुलुकी ऐनको जबरजस्ती करणी महलको ३ (२) अनुसार ६ वर्ष तथा हाडनाता करणीको २ (२) अनुसार थप ३ वर्ष गरी ९ वर्ष कैदको फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत ४, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया