गुप्त रुपमा १६ सय व्यक्तिको अश्लिल भिडियो बनाउने ४ जना पक्राउ

 चैत ७, २०७५ बिहिबार ८:२७:२५ | एजेन्सी
unn.prixa.net

दक्षिण कोरियामा करिब १६ सय व्यक्तिको गुप्त रुपमा भिडियो बनाएको र बेचेको आरोपमा चारजनालाई पक्राउ गरिएको छ । 

होटलको कोठामा राखिएको क्यामेरा, हेयर ड्रायरको होल्डर र सोकेटमा क्यामेरा राखेर उनीहरुले गुप्त भिडियो बनाएको पाइएको छ । उनीहरुले एउटा भिडियोबाट झण्डै ६ लाख ८० हजार नेपाली रुपैयाँसम्म कमाउने गर्दथे । 

दक्षिण कोरियामा यस तरिकाबाट अश्लिल भिडियो बनाउने घटना तीव्र रुपमा फैलिएको थियो । कोरियाली प्रहरीले बीबीसीलाई बताए अनुसार ‘पक्राउ परेका व्यक्तिहरुले गएको वर्ष अगस्टमा दक्षिण कोरियाको १० शहरको ३० छुट्टाछुट्टै होटलमा ११ लेन्स क्यामेरा लगाएका थिए ।’

उनीहरुले नै गएको नोभेम्बर महिनामा एक वेबसाइट बनाइएका थिए जसमा ३० सेकेण्डसम्म भिडियो निःशुल्क देख्न सकिन्थ्यो र पूरै भिडियो देख्न चाहेमा प्रयोगकर्ताले पैसा दिनुपर्थ्याे।

उनीहरुले यमे वेवसाइटमा ८ सय ३ भिडियो पोस्ट गरेका थिए र विदेशमा वेवसाइटको सर्भर बनाएर कानुनबाट बच्ने कोशिश गरेका थिए । प्रहरीका अनुसार, ९७ व्यक्तिले यसका लागि पैसा दिएका थिए, जसबाट ती पुरुषहरुले कमाइ गर्दथे । अहिले यो वेवसाइट बन्द गरिएको छ । 

अश्लिल भिडियो बनाउनु र त्यसको को प्रचारप्रसार गर्नु दक्षिण कोरियामा गैरकानुनी मानिन्छ । 

गुप्त रुपमा भिडियो बनाउने क्रममा आएको तीव्रताको लागि देशको फास्ट इन्टरनेटलाई पनि जिम्मेवार ठहराइएको छ । कतिपय गोप्य भिडियो शौचालय र चेन्जिङ रुप (कपडा बदल्ने ठाउँ) मा बनाइएको छ र त्यस्तो भिडियोलाई बदलाका रुपमा पोस्ट गरिएको पाइएको छ । 

यस्तो घटना सन् २०१२ मा २ हजार ४ सय थियो भने सन् २०१७ मा यो संख्या बढेर ६ हजारभन्दा बढी भएको छ । सन् २०१७ मा गुप्त रुपमा क्यामेरा राख्ने सम्बन्धित अपराधमा ५ हजार ४ सयभन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको र जम्मा २ प्रतिशतभन्दा कमलाई मात्र जेल सजाय भएको थियो । 

यस्तो भिडियो बनाउने विरुद्ध पछिल्लो वर्ष मानिसहरुले राजधानी सोलमा प्रदर्शन पनि भएको थियो । मानिसहरुले यस्तो भिडियो बनाउनेविरुद्ध कडा सजायको माग गर्दै आएका छन् ।  

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया