खुसी देशको सूचीमा नेपाल सयाैँ स्थानमा (प्रतिवेदनसहित)

 चैत ७, २०७५ बिहिबार १०:२:२२ | उज्यालो सहकर्मी

काठमाण्डाै – विश्वमा सबैभन्दा खुसी देशको सूचीमा नेपाल सयाैँ नम्बरमा परेकाे छ । विश्व खुसी दिवसको अवसरमा बुधबार सार्वजनिक गरिएको राष्ट्रसंघीय सूचीमा फिनल्याण्ड पहिलो नम्बरमा परेको छ । 

दोस्रो नम्बरमा डेनमार्क, तेस्रोमा नर्वे, चौथोमा आइसल्याण्ड, पाँचौंमा नेदरल्याण्ड परेका छन् । यस्तै छटौदेखि दशौंसम्म क्रमशः स्वीजरल्याण्ड,  स्वीडेन, न्यूजील्याण्ड, क्यानडा र अष्ट्रेलिया छन् ।

यो प्रतिवेदनमा आर्थिक अवस्था, कूल आयु, सामाजिक समर्थन, छनौट गर्न सक्ने स्वतन्त्रता र देशका सरकारहरुको भ्रष्टाचारको तहलाई मूल्यांकन गरेर इन्डेक्स तयार पारिएको छ । दक्षिण एशियामा भने नेपाल खुसी भएको देशमा  तेस्रो स्थानमा परेको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया