शेयर बजार तीन अङ्कले घट्याे
बैशाख १३, २०८१ बिहिबार
सर्लाही – चन्द्रनगर गाँउपालिका–१, किसनपुरमा रहेको जनता आधारभूत विद्यालयका ३८ जना विधार्थी दोब्बर दस्तुर बुझाएर राष्ट्रीय माध्यमिक परीक्षा(एसईई) मा सहभागी हुने भएका छन् ।
विद्यालयका पूर्व प्रधानाध्यापक महेशी महतोले एसईईमा सहभागी विधार्थीसँग पहिले नै शुल्क उठाएर हिनामिना गरेपछि विद्यार्थी दोब्बर दस्तुर बुझाएर परीक्षामा सहभागी हुन बाध्य भएका हुन् । पहिले नै उनीहरूले परीक्षा शुल्कबापत ५५० रुपैयाँ बुझाएका थिए । फेरि एक हजार परीक्षा शुल्क बुझाउन पर्दा आफूहरु समस्यामा परेको छात्र आलोककुमार ठाकुरले गुनासो गरे । यसरी परीक्षाको राजश्व हिनामिना गरेर आफ्नो छोराछोरीको भविष्यमाथि खेलबाड गर्ने प्रअलाई कारबाही गर्नु पर्ने अभिभावक सतन रामले बताउनुभयो ।
शिक्षकहरु नियमित नआउँदा पठनपाठन प्रभावित भएको समेत अभिभावकले गुनासो गरेका छन् । विद्यालयको रकम हिनामिना गरेकोकाले पूर्व प्रअ महतोको सञ्चयकोष रोक्का गरिएको र कारबाही प्रक्रिया अगाडि बढाएको प्रधानाध्यापक श्याम महतोले जानकारी दिनुभयो ।
पूर्व प्रअ महतोले विद्यालयको भवन निर्माण गर्ने क्रममा र छात्रवृत्तिको रकम वितरण गर्दा झण्डै २५ लाख रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको अभिभावकहरुले आरोप लगाएका छन् । तर पूर्व प्रअ महतोसँग यस विषयमा पटक–पटक बुझ्न खोज्दा उहाँ सम्पर्कमा आउनुभएन ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।