चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त

 चैत ७, २०७५ बिहिबार १८:३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्माता तथा कलाकार केशव भट्टराई नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

बोर्ड अध्यक्ष भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै भट्टराईले नेपाली चलचित्र क्षेत्रको विकासमा अहोरात्र खटिने बताए । उनले आफूले चलचित्र क्षेत्रको विकासका लागि योजना बनाएको र योजनाका बारेमा पदबहाली गरेपश्चात जानकारी गराउने बताए ।

तत्कालीन अध्यक्ष निकिता पौडेलले केही महिना अगाडि राजीनामा दिएपछि चलचित्र विकास बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो ।

नवनियुक्त बोर्ड अध्यक्ष भट्टराई चलचित्र निर्माता संघको वरिष्ठ उपाध्यक्ष समेत हुन् । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको २ वर्षसम्म कार्यकाल रहने छ । 
 

अन्तिम अपडेट: बैशाख ८, २०७६

तपाईको प्रतिक्रिया