जमिन बाँझो राख्नेलाई कारबाही

 असार १२, २०७५ मंगलबार १५:२९:२४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – मुसिकोट नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा जमिन बाँझो राख्नेलाई कारबाही गर्ने प्रस्ताव अघि सारको छ ।

नागरिकले जमिन बाँझो राख्ने क्रम बढ्दै गएको भन्दै नगरपालिकाले त्यस्तो नियम ल्याएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि भू–उपयोगलाई पहिलो प्राथमिकतामा राखेको छ ।

‘जमिन नै जननी हुन, जमिनको प्रयोगबाट नै समृद्धिको बाटोमा जान सकिन्छ’ भन्ने नाराका साथ चलेको नगरसभामा प्रस्तावित नीतिमा जमिन सदुपयोग नगर्नेलाई दण्ड सजायको नीति लागू गर्ने प्रस्ताव गरिएको छ । 

नगरपालिकाले जमिनको सदुपयोग गर्नेलाई प्रोत्साहन र सदुपयोग नगर्नेलाई निरुत्साहित गर्न दण्ड सजायको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा समेटेको छ । नगरपालिकाको भू–भागलाई आठ भागमा विभाजन गरी यसको संरक्षण, उपयोग र व्यवस्थापन गर्ने नगर प्रमुख देवीलाल गौतमले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Rajaram yadav

    June 26, 2018, 8:18 p.m.

    Kisan ramro muliya na paya pachi k garne. Rakam falnu bhanda jamin bajho thik.

  •  0 Reply

तपाईको प्रतिक्रिया