कालिकोटका सञ्चारकर्मी कर्ण विश्वकर्मा पक्राउ

 चैत ७, २०७५ बिहिबार २२:२२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

कालिकोट – कालिकोटको मान्ममा रहेको रेडियो नयाँ कर्णाली एफएममा प्राविधिक तथा संवाददताका रुपमा कार्यरत सञ्चारकर्मी कर्ण विश्वकर्मालाई प्रहरीले सोधुपुछका लागि भन्दै पक्राउ गरेको छ । 

बिनापूर्जी विश्वकर्मालाई पक्राउ गरेको भन्दै नेपाल पत्रकार महासंघ कालिकोटले तत्काल रिहा गर्न माग गरेको छ । महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेद्वारा सार्वजनिक प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतको खिल्ली उडाउँदै रेडियोमा काम गरिरहेको अवस्था कार्यस्थलबाटै सञ्चारकर्मी पक्राउ गर्नुले प्रहरी प्रशासनको कालिकोटका सञ्चारकर्मीलाई आतंकित पार्न छोरी कुटेर बुहारी तर्साउने रणनीतिको भर्त्सना गर्दछौँ ।’

सञ्चारकर्मी विश्वकर्माको पक्राउको विरोधमा कालिकोटका सामुदायिक रेडियोहरु बन्द गरिएको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टले प्रेस विज्ञप्तिमार्फत सञ्चारकर्मी विश्वकर्मालाई तत्काल बिनाशर्त रिहा गर्न आग्रह गर्नु भएको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया