फ्राइडे रिलिज: आजदेखि ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

 चैत ८, २०७५ शुक्रबार ११:३९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फ्राइडे रिलिज अन्तर्गत आजदेखि २ चलचित्रहरु-कागजपत्र र प्रेमलीला प्रदर्शनमाआएका छन् । 

कागजपत्र

चलचित्र कागजपत्रमा अभिनेता नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोेटालगायतका कलाकारहरुको अभिनय रहेको छ । वैदेशिक रोजगारीका लागि नक्कली विवाह गर्ने विषयमा चलचित्र निर्माण गरिएको छ ।

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतिमा तयार भएको चलचित्र वर्ल्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको हो । फिल्म सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक तथा लेखक अपिल बिष्टले बताएका छन् । अपिलले यसअघि ‘झुम्की’ निर्देशन गरेका थिए ।

चलचित्र कागजपत्रको निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटी छन् । त्यस्तै,किरण न्यौपाने र सरस्वती श्रेष्ठ चलचित्रका सह-निर्माता हुन् । चलचित्र कागजपत्रमा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । 

प्रेमलीला

यस्तै, आजैबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो प्रेमलीला । भारतबाट नेपाल घुम्न आएका युवा र नेपाली युवतीबीचकाे प्रेम र त्यसबीचमा आइपर्ने उतारचढावलाई चलचित्र प्रेमलीलाको कथाका रुपमा प्रस्तुत गरिएको छ । 

चलचित्रमा दीपशिखा खड्का, भारतीय मोडल अलि खान, सुरज तमु, प्रभाकर शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिकामा छन् । चलचित्रको निर्देशन जनक पाण्डेले गरेका हुन् । चलचित्रको कथा चलचित्रकी नायिका दीपशिखाले नै लेखेकी हुन् ।

उनले यस अघि पनि केही चलचित्रहरुमा अभिनय गरिसकेकी छन् । तर दर्शकले उनलाई चिन्न सकेनन् । त्यसै कारण पनि नायिका दीपशिखा आफ्नो डेब्यु चलचित्र प्रेमलीला नै भएको बताउँछिन् । यस चलचित्रबाट भने दर्शकको माया पाउने कुरामा विश्वस्त रहेको उनी बताउँछिन् ।

चलचित्रमा दीपशिखाले कपाल मुन्डन गरेकी छिन् । आफ्नो कपाल मुण्डनले चलचित्रलाई विशेष बनाएको र चलचित्र फरक धारमा निर्माण गरिएको उनको भनाइ छ ।


 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया