दुबईमा नेपालीद्वारा सञ्चालित तीन ट्राभल एजेन्सी मर्ज

 चैत ८, २०७५ शुक्रबार १७:६:११ | उमाकान्त पाण्डे

यूएई – यूएईको दुबईमा नेपालीले सञ्चालन गरेका तीन वटा ट्राभल एजेन्सी एक भएका छन् । बरदुवईमा सञ्चालित शुभयात्रा ट्राभल एण्ड टुरिजम, काठमाण्डौं ट्राभल एण्ड टुरिजम र अल जजिरा अल तविला टुरिजम एलएलसी एक भएर शुभयात्रा ट्राभल एण्ड टुरिजमका रुपमा काम थालेका हुन् । 

शुभयात्राका संचालकहरु तोया चौंलागाईं, कृष्ण भट्टराई र डिल्ली मैनाली, काठमाण्डौं ट्राभलका सञ्चालक सूर्य गिरी र अल जजिरा अल तविलाका सञ्चालक भगवान रुपानी एक भएर व्यवसाय सञ्चालन गर्न सहमत भएको विज्ञप्तीमा उल्लेख छ । 

झण्डै ३ महिनाको छलफलपछि विदेशमा फुटेर भन्दा जुटेर व्यवसाय गर्दा भविष्यमा ग्रुप अफ कम्पनी सञ्चालन गर्न सकिने भन्दै तीन कम्पनी मर्ज गरिएको व्यवसायी तोया चांैलागाईंले जानकारी दिनुभयो । 

‘एउटै भवनको अगाडि पछाडी कार्यालय सञ्चालन गरेर एउटै प्रकृतिका व्यवसाय गर्दा अस्वस्थ प्रतिस्पर्धा हुने भएकाले हामी एक भएका हौं’  व्यवसायी सूर्य गिरीले भन्नुभयो । मर्ज भएपछि बरदुबइमा शुभयात्राको कार्यालय राखिएको छ । सोही समुहले आबुधाबी र डिआईपी लगायतका क्षेत्रमा शाखा खोल्ने तयारी पनि गरिरहेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया