द्वन्द्वकालमा लुकाइएका चार थान बन्दुक बरामद

 चैत ८, २०७५ शुक्रबार १९:४९:१६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको मालारानी गाउँपालिका–५, गुरासेडाँडामा लुकाइ राखेको अवैध हातहतियार प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले स्थानीय कमल चौहानको घरबाट एक थान भरुवा बन्दुक र घर नजिकैको पहरामा लुकाएर राखेको अवस्थामा दुई थान म्याग्नम रेमिङ्गटन र एक थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो ।

चौहानको घर द्वन्द्वकालमा तत्कालीन माओवादीको सेल्टर रहेकाले बरामद गरिएका हतियारहरु द्वन्द्वकालको समयका भएको उपरीक्षक मल्लले बताउनुभयो । प्रहरी प्रमुख मल्लले जिल्लाका अन्य ठाउँमा पनि हतियार लुकाएर राखिएको हुन सक्ने भन्दै प्रहरीले सर्च अभियान चलाउने बताउनुभयो ।


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया