सुधार गृहमा कर्मचारी हत्याको आशंका गर्दै आइतबार धनगढी बन्दको घोषणा

 चैत ९, २०७५ शनिबार २०:३१:३२ | निर्मला खडायत
unn.prixa.net

कैलाली – सुधारगृहमा भएको रहस्यमय मृत्युको अनुसन्धान गर्नतर्फ नलागेर प्रक्रिया लम्ब्याउन खोजेको भन्दै पीडित पक्षले धनगढी बन्दको आह्वान गरेका छन् ।

धनगढी उप–महानगरपालिका वडा नम्बर-३, बोराडाँडीमा रहेको रिचमण्ड फेलोसिप नेपाल (सुधारगृह) का स्टोरकीपरको कार्यालयमै रहस्यमय मृत्यु भएको घटनामा प्रहरीले बेवास्ता गरेको मृतकका दाजु आनसिंह ढुंगालले बताउनुभएको छ । 

उहाँले प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गर्नुको साटो प्रक्रिया लम्ब्याउन खोजेको भन्दै आइतबार आफूहरुले धनगढी बन्दको घोषणा गरेको बताउनुभएको हो । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै मृतकका आफन्तले घटनाको तत्काल छानबिन गरी घटनामा संलग्नको खोजी गरेर दोषीमाथि कारबाहीको माग गरेका छन् । 

बिहीबार राति कार्यालयमा रहेका बिरामीलाई खाना खुवाएर सुत्न गएका २९ वर्षीय जनक ढुंगाल करिब साढे १० बजेतिर सुतिरहेको अवस्थामा कार्यालयमै मृत  भेटिएका थिए । 

मृतक ढुंगालको शरिरमा निलडाम देखिएको मृतकका दाजु आनसिंह ढुंगालले बताउनुभयो । प्रारम्भिक पोस्टमार्टमका क्रममा पनि उहाँको घाँटीको हड्डी टुटेको  बताएकाे थियाे । तर अहिले पोष्टमार्टम टोलीले पनि कुरा फेरेको आनसिंहले बताउनुभयो । 

प्रहरीले घटनाको सत्य तथ्य छानविन नगरेसम्म आन्दोलन यथावत राख्ने मृतका आफन्तहरुले चेतावनी दिएका छन् । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया