काभ्रेबाट विप्लव समूहका नेताहरु पक्राउसम्बन्धी समाचारमा नाम जाेडिएकाेमा काभ्रे प्रहरी प्रमुख खड्काकाे खण्डन

 चैत ९, २०७५ शनिबार १९:५७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काभ्रे - शनिबार काभ्रेबाट विप्लव समूहका नेता हेमन्तप्रकाश ओली सहितका कार्यकर्ताहरु पक्राउ परेकोबारे विभिन्न सञ्चारमाध्यममा आएका समाचारमा आफ्नाे नाम समावेश गरिएकाेमा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविराज खड्काले खण्डन गर्नुभएकाे छ ।

उहाँले उक्त घटना प्रहरी प्रधान कार्यालय मार्फत नै भएको र त्यसबारे जानकारी पनि प्रहरी प्रधान कार्यालय मार्फत नै हुने भएकोले जिल्लाबाट थप अनुसन्धान तथा कारबाहीको बारे केही जानकारी नभएको बताउनुभएकाे छ ।

यस विषयमा थप जानकारीको लागि प्रहरी प्रधानकार्यालय सँग समन्वय गर्नुहुन समेत उहाँले सबै सञ्चारमाध्यमहरुलाई आग्रह गर्नुभएकाे छ । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया