आईपीएल २०१९ : सीएसकेले आरसीबीलाई ७० रनमै गर्यो अलआउट

 चैत ९, २०७५ शनिबार २१:५५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्डियन प्रिमियर लिग क्रिकेट २०१९ को उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरले चेन्नई सुपर किंग्सलाई ७१ रनको लक्ष्य दिएको छ । 

टस हारेर पहिला ब्याटिङ गरेको बेंग्लोरले १७.१ ओभरमा सबै विकेट गुमाएर ७० रन बनाएको हो । 

बेंग्लोरलाई सस्तैमा समेट्न हरभजन सिंह र इमरान ताहिरले समान तीन-तीन विकेट लिँदा रवीन्द्र जडेजाले २ तथा ड्वेन ब्राभोले एक विकेट लिए । 

बेंग्लोरका पार्थिव पटेलले सर्वाधिक २९ रन बनाउनु बाहेक अरु कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान विराट कोहली ६ रनमा आउट भएका थिए । महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको चेन्नईले केही बेरमा जवाफी ब्याटिङ गर्ने छ ।
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया