पानामासँग बराबरीमै रोकियाे ब्राजिल

 चैत १०, २०७५ आइतबार ६:४५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पूर्व विश्व विजेता ब्राजिलले पानामासँग एक–एक गोलको बराबरी खेलेको छ ।

पोर्टोमा भएको खेलमा ब्राजिलले एक गोलको अग्रता जोगाउन सकेन । खेलको ३२ औं मिनेटमा लुकास पाक्विटाको गोल मार्फत ब्राजिलले अग्रता बनाएको थियो । 

तर सो अग्रता धेरै बेर टिक्न सकेन । खेलको ३६ औं मिनेटमा माचादोले पानामाका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए । 

त्यसपछि ब्राजिलले गोलका लागि थुप्रे अवसर पाए पनि पानामाको डिफेन्स र गोलकिपर बचाए । स्टार खेलाडी नेइमार विना नै मैदानमा उत्रिएको ब्राजिलले ५ वटा मौकामा अरु गोल गर्न सकेन ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया