नेपाल धितोपत्र बोर्डको कार्यालयमा लगानीकर्ताले लगाए ताला

 चैत १०, २०७५ आइतबार ११:५९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विभिन्न माग राखेर शेयर लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको कार्यालय जावलाखेलमा तालाबन्दी गरेका छन् । 

आफूहरुले राखेका ३२ बुँदे मागमा धितोपत्र बोर्डले बेवास्ता गरेकोले तालाबन्दी गर्नुपरेको लगानीकर्ता दबाब समूहका हरी ढकालले बताउनुभयो । उनीहरुले माग पूरा नभएमा नेपाल स्टक एक्सचेन्जमा समेत तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

बोर्डले भने पुँजिबजारको सुधार र विस्तारको लागि दवाव समूहले राखेका ३२ बुँदे माग मध्ये महत्वपूर्ण १९ वटा माग भने पूरा भैसकेको जनाएको छ । बोर्डमा तालाबन्दी भएको आफुले भर्खरै जानकारी पाएको र वार्ताको पहल भैरहेको बोर्डका अध्यक्ष रेबतबहादुर कार्कीले उज्यालोलाई जानकारी दिनुभयो ।

सरकारले पुँजीबजारलाई प्राथमिकता प्राप्त क्षेत्र घोषणा गर्नुपर्ने, दोहोरो कर हटाउनुपर्ने पुँजीबजार प्रत्यक्ष वैदेशिक लगानी भित्राउन नपाइनेलगायतका माग शेयर लगानीकर्ताले राखेका छन् । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया