‘विज्ञापन नियमन गर्ने विधेयक २०७५’ राष्ट्रिय सभाबाट पारित

 चैत १०, २०७५ आइतबार १७:३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रियसभाले विज्ञापन नियमन गर्ने विधेयक २०७५ लाई पारित गरेको छ ।

आइतबार बसेको बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको विज्ञापन नियमन गर्ने विधेयक २०७५ माथिको छलफलपछि संशाेधनसहित  बहुमतले पारित गरेको हो ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनको १ देखि १६ सम्मका संशाेधित बुँदासहित विधेयक पारित भएको हो । यसअघि विधायन समितिको प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपालको सन्दर्भमा नयाँ र नगरी नहुने विषय भएकाले व्यवहारमा प्रभाव पारेका विषयलाई मात्रै विधेयकमा उल्लेख गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले कानुनबाट नै बाध्यकारी बनाउनका लागि सजायको व्यवस्थालाई त्यही ढंगले राखिएको भन्दै आवश्यकताका आधारमा संशाेधन गर्दै लैजान सकिने बताउनुभयो । छलफलमा सदस्यहरुले कानुनी प्रावधान कडा राखिएको भन्दै कम गर्नुपर्ने धारणा राखेको थिए ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया