बाटाे माथिबाट खसेकाे ढुङ्गाले डाेजर दुर्घटना गराउँदा चालकको ज्यान गयाे

 चैत १०, २०७५ आइतबार १८:११:३४ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभाको सभापोखरी गाउँपालिका-४ खेवरिङमा बाटो खन्ने क्रममा आइतबार डोजर दुर्घटना हुँदा चालकको ज्यान गएकाे छ । 

ज्यान जानेमा डोजर चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका-१ घर भएका २१ वर्षीय पतरुस श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष कुमार राईले बताउनुभयो । 

उहाँका अनुसार, आइतबार बिहान ९ बजेतिर बाटोको माथिबाट ढुङ्गा झरेर डोजरमा लाग्दा डोजर बाटोबाट अन्दाजी ३० मिटर तल खसेर रुखमा अड्किएको थियो । डोजरसँगै तल झरेका चालक श्रेष्ठको घटनास्थलमै ज्यान गएका‍े हो ।

स्थानीय प्रहरी टोली घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राखेको र घटनास्थलमा मुचुल्का लगायत थप अनुसन्धानको गरिरहेको छ । मृतक चालकको शवलाई घटनास्थलकाे मुचुल्का तयार गरेपछि पोष्टमार्टमको लागि जिल्ला अस्पताल संखुवासभा खाँदवारीमा ल्याइने प्रनि राईले जानकारी दिनुभयो ।

घटनास्थल सदमुकाम खाँदबारीबाट एक दिनको पैदल दूरीमा पर्छ ।  

अन्तिम अपडेट: चैत ११, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया