त्रिभुवन विश्वविद्यालयमा हराएका उत्तरपुस्तिका छानबिन गर्न समिति...
चैत १६, २०८० शुक्रबार
रुकुम पश्चिम – चितुवाको छालासहित एक जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको छ । मुसीकोट नगरपालिका १ कैलदेउका ४७ वर्षीय भुमे सार्कीलाई प्रहरीले चितुवाको छालासहित पक्राउ गरेको हो ।
घरमा चितुवाको छाला लुकाएर राखेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा चितुवाको छाला फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले बताउनुभयो ।
सार्कीलाई शनिबार राति उनकै घरबाट पक्राउ गरिएको खड्काले बताउनुभयो । घरमा लुकाएर राखेको अवस्थामा चितुवाको छाला भेटिएपछि घरधनी सार्कीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको डीएसपी खड्काको भनाइ छ ।
सार्कीलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय रुकुम पश्चिममा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।