पेरुले थप्याे अर्काे गाेल, अष्ट्रेलिया महासंकटमा

 असार १२, २०७५ मंगलबार २१:०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

 समूह सी चरण अन्तर्गतको अन्तिम खेलमा पेरुले अष्ट्रेलियाविरुद्ध दुर्इ–शून्यको अग्रता बनाएको छ । खेलको १८ औँ मिनेटमा पेरुका लागि आन्दै क्यारिल्लोले गोल गरेका हुन् । 

त्यस्तै खेलकाे ५० अाैं मिनेटमा पाअाेलाे गुएरेराेले गाेल गर्दै पेरुकाे अग्रता दाेब्बर बनाएका छन् ।

पेरुले गोल गरेपछि अष्ट्रेलियालाई विश्वकपको अघिल्लो चरणमा पुग्न निकै संघर्ष गर्नुपर्नेछ । 

अघिल्लो चरण पुग्न अष्ट्रेलियाले पेरुलाई हराउनै पर्ने हुन्छ । साथै डेनमार्क फ्रान्ससँग फराकिलो अन्तरले हार्नुपर्ने हुन्छ । फ्रान्स र डेनमार्क गोलरहित बराबरी खेलिरहेका छन् ।

यदि फ्रान्स र डेनमार्कको खेल बराबरी भयो भने फ्रान्स ७ अंकसहित समूहविजेता बन्नेछ भने डेनमार्क पाँच अंकसहित उपविजेता बन्दै अर्को चरणमा पुग्नेछ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया