फ्रान्स समूहविजेता र डेनमार्क उपविजेता बन्दै नकआउट चरणमा

 असार १२, २०७५ मंगलबार २२:४७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फ्रान्स र डेनमार्क क्रमशः समूह विजेता र उपविजेताको रुपमा समूह सीबाट विश्वकपको नकआउट चरणको यात्रा पक्का गरेका छन् ।

रुसको लुज्निकी रंगशालामा आज भएको खेलमा यसअघि नै नकआउट चरणमा पुगिसकेको फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेले । फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पले महत्वपूर्ण खेलाडीलाई आराम दिएको खेलमा डेनमार्कले बराबरीमा रोकेको हो । जारी विश्वकपमा यो पहिलो गोलरहित बराबरी हो ।


डेसच्याम्पले नियमित गोलरक्षक ह्युगो लोरिस, पाउल पोग्वा, केलिन एमबाप्पे, बेञ्जामिन पाभार्ड, स्यामुअल उम्टिटीजस्ता खेलाडीलाई आराम दिएका थिए ।बराबरीपछि फ्रान्स समूहमा शतप्रतिशत जित निकाल्न असफल भएको छ । यद्यपि उसले समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको छ ।

बराबरीपछि समूहमा ३ खेलबाट ५ अंक बनाएको डेनमार्क पनि समूह उपविजेताका रुपमा नकआउट चरणमा पुगेको छ ।

क्वार्टरफाइनल प्रवेशका लागि फ्रान्सले समूह डीको उपविजेता र डेनमार्कले समूह डीको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया