नीतू कपूरले शेयर गरिन् आलिया रणवीरको तस्बिर, आलियाले स्टेजबाटै रणवीरलाई भनिन् ‘आइ लभ यु’

 चैत ११, २०७५ सोमबार ११:३४:१ | एजेन्सी
unn.prixa.net

भर्खरै मात्र सम्पन्न फिल्मफेयर अवार्ड २०१९ मा बलिउड अभिनेता रणवीर कपूरले उत्कृष्ट अभिनेता र अभिनेत्री आलिया भट्टले उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितेका छन् । अहिले एक अर्कालाई डेट गरिरहेका आलिया र रणवीर एकसाथ यसरी अवार्ड जित्दा निकै नै खुसी छन् । 

रणवीर र आलियाको यो खुसी उनीहरुसम्म मात्रै सीमित छैन । यि दुवैका परिवार पनि त्यतिकै खुसी भएका छन् । यस कुराको पुष्टि अभिनेता रणवीर कपूरकी आमाको इन्स्टाग्रामको पोष्टले गरेको छ । नीतु कपूर छोरा रणवीर कपूर र आफ्नी हुनेवाला बुहारी आलियाले उत्कृष्ट अभिनेता तथा अभिनेत्रीको अवार्ड जित्दा निकै खुसी छिन् । 

नीतू कपूरले फिल्मफेयर अवार्ड कार्यक्रमको स्टेजमा रणवीर र आलियाले अवार्ड लिएर एकसाथ उभिएर खिचेको तस्बिर शेयर गर्दै यि दुबैको जोडीलाई बधाई दिएकी छिन् । नीतू कपूरले क्याप्सनमा लेखेकी छिन् ‘यो पल देखेर सबै तनाव बिर्सिएकी छु । धेरै बधाई, निकै खुसी र गर्व महसुस गरिरहेकी छु ।’

नीतू कपूर यतिबेला उनका पति तथा अभिनेता ऋषि कपूरको उपचारको लागि अमेरिकामै छिन् । ऋषि कपूर लामो समयदेखि उपचारका लागि अमेरिकामै छन् । तसर्थ केही समय अघि रणवीर कपूर प्रेमीका आलिया भट्टलाई लिएर बुवा ऋषि र आमा नीतुकासाथ नयाँ वर्ष मनाउन अमेरिका गएका थिए ।  

आलियाले स्टेजबाटै रणवीर कपूरलाई भनिन् ‘आइ लभ यु’

फिल्मफेयर अवार्डमा जब आलिया भट्ट उत्कृष्ट अभिनेत्रीको अवार्ड लिन स्टेजमा गइन् त्यहाँबाट उनले फिल्मकी निर्देशक मेघना गुल्जारलाई धन्यवाद दिइन् । साथै आलियाले करण जोहर र फिल्म ‘राजी’ का सह–अभिनेता विक्की कौशललाई पनि धन्यवाद दिइन् ।

त्यसपछि अन्त्यमा अगाडि रहेका रणवीर कपूरतर्फ इशारा गर्दै आज सबै कुरा प्रेमको नाममा भन्दै रणवीर कपूरलाई ‘आइ लभ यू’ भनेकी थिइन् । त्यसपछि रणवीर कपूरलाई पनि उत्कृष्ट अभिनेताको अवार्ड लिन स्टेजमा बोलाउँदा रणवीरले आलियालाई अंगालो हाल्दै स्टेजमा गएका थिए । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया