अदालतका तामिलदार मृत अवस्थामा भेटिए

 चैत ११, २०७५ सोमबार १३:४०:१२ | राजु लामिछाने
unn.prixa.net

रुकुमपश्चिम – रुकुम जिल्ला अदालतमा कार्यरत तामिलदार नवीन खड्का सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–४, सोलाबाङ घर भएका २८ वर्षीय खड्का सोमबार बिहान घर नजिकैको पानी बगिरहेको कुलोमा मृत फेला परेको प्रहरीले जनाएको छ । 

खड्काले आइतबार राति अत्याधिक रक्सी खाएकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताउनुभयो । उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । केही समय रुकुम पूर्वको रुकुमकोट जिल्ला अदालतमा काजमा काम गरेका खड्का एक महिना अघिमात्रै रुकुम जिल्ला अदालतमा आएका थिए । 

सोमबार बिहान शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खड्काको शव जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टमका लागि ल्याइएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया