च्याम्पियन्स लिगमा रियल म्याड्रिड र बार्यन सेमिफाइनलमा : सिटी र...
बैशाख ६, २०८१ बिहिबार
यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीका क्रममा भारतमा रहेको नेपाली टिम र आन्ध्र प्रदेशको टिमबीच आज भएकाे अभ्यास खेलमा आन्ध्र प्रदेश यू–१९ ले नेपाललाई २२८ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको आन्ध्र यू–१९ ले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै विकेट २२७ रन बनाएको थियो ।
दोस्रो ओभरमै नेपालका प्रतिस जिसीले ओपनर हर्षबर्द्धनलाई आउट गरेका थिए । २०औंं ओभरमा सागर ढकालले नितिसलाई क्याच आउट गराए । उनले ५१ रन बनाएका थिए ।
रामप्रसाद २६ रन बनाएर पवन सर्राफको बलमा क्याचआउट भएका थिए ।
४०औं ओभरमा नेपालले तेस्रो सफलता हात पार्यो । सवन सर्राफले सुब्रमन्यमलाई ४५ रन बनाएकाे अवस्थामा क्याचआउट गराए । यस्तै योगानन्दले ५९ रन बनाए । आन्ध्रका पछिल्ला क्रमका ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ कमल सिंंह ऐरीले चार विकेट लिए भने पवन सर्राफले तीन विकेट लिए । प्रतिश जिसी, राशिद खान र सागर ढकालले पनि एक एक विकेट लिए ।