झापा आन्दोलनलाई राजनीतिक आन्दोलन भनेजस्तै टिकापुर घटनालाई पनि थरुहट आन्दोलन भन्नुपर्छ: महताे

 चैत ११, २०७५ सोमबार १४:३४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली सिके राउतको प्रवक्ता बनेको टिप्पणी गर्नुभएको छ । 

नेता महतोले प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिमा एकपछि अर्को अपरिपक्वता प्रर्दशन गरिरहेको दावी पनि गर्नुभयो । सोमबार काठमाण्डौ आयोजित एक कार्यक्रममा बोल्दै उहाँले टिकापुर घटनालाई राजनीतिक घटनाको रुपमा बुझिदिन पनि सबैलाई आग्रह गर्नुभयो ।

नेता महतोले तत्कालीन माओवादी सशष्त्र युद्धलाई जनयुद्ध भन्न मिल्ने तर टिकापुर घटनालाई अपराधिक गतिविधि भन्दै रेशम चौधरीलगायतका राजनीतिक व्यक्तिहरुलाई जन्मकैदको सजाय दिइको उल्लेख गर्दै आपत्ति पनि जनाउनु भयो ।

नेता महतोले झापा आन्दोलनलाई राजनीतिक आन्दोलन भनेजस्तै टिकापुर घटनालाई पनि थरुहट आन्दोलनको रुपमा लिनुपर्ने पनि बताउनु भयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया