अर्जेन्टिनी टिममा परिवर्तन : नयाँ गोलकिपर, अग्युइरो सुरुवाति ११ मा परेनन्

 असार १२, २०७५ मंगलबार २३:२५:५१ | एजेन्सी
unn.prixa.net

अर्जेन्टिनालाई विश्वकप २०१८ को नकआउट चरणमा पुग्न जुनसुकै हालतमा पनि नाइजेरियालाई हराउनै पर्ने हुन्छ । त्यसैले आज स्टार खेलाडी मेस्सीप्रेरित अर्जेन्टिनी टोली नयाँ रणनीतिका साथ मैदानमा उत्रँदैछ । 

त्यति मात्रै होइन, टिममा पनि व्यापक परिवर्तन गरेको छ । क्रोएसियासँग ३–० ले स्तब्ध भएको अर्जेन्टिनाले आज गोलकिपर नै परिवर्तन गरेको छ । आज अर्जेन्टिनाले विल्ली काबालेरोको स्थानमा फ्रान्को अरमानीलाई ठाउँ दिएको छ । अरमानी विश्वकप प्रतियोगितामा आजै मात्र डेब्यू गर्दैछन् । 

त्यस्तै आज गोन्जालो हिग्वेन, एन्जेल डि मारिया, इभर बानेगा तथा मार्कस रोकोलाई सुरुवाति ११ मै खेलाइने भएको छ । तर सर्जियो अग्युइरोलाई भने सब्स्टिच्यूटका रुपमा राखिएको छ । 

नाइजेरियाले भने आइसल्याण्डसँगको खेलमा उतारेको टोलीलाई नै अर्जेन्टिनासँगको खेलमा उतार्ने भएको छ ।

आज दुवै टोली जित हात पार्दै नकआउट चरणमा पुग्न चाहन्छन् । अर्जेन्टिना र नाइजेरियाको खेल नेपाली समय अनुसार अहिले ११ः४५ सुरु हुनेछ ।

अर्जेन्टिना टिम ११ : फ्रान्को अरमानी, मकार्डो, ओटामेन्डी, रोको, ट्गाग्लियाफिको, पेरेज, मासेरानो, बानेगा, डि मारिया, मेस्सी, हिग्वेन

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया