अफ्रिकन कप अफ नेशन्स छनाैट: समर्थककाे मृत्युले जिम्बावेकाे छनाेट फिक्का

 चैत ११, २०७५ सोमबार १८:२५:५९ | एजेन्सी

अफ्रिकन कप अफ नेशन्स छनोट प्रतियोगितामा एक जना समर्थकको मृत्यु भएपछि जिम्बावेको छनोट फिक्का भएकाे छ ।

६ खेलमा तीन जित, दुई बराबरी र एक हारपछि समूहको विजेता बन्दै यसै वर्ष इजिप्टमा हुने प्रतियोगितामा स्थान बनाए पनि समर्थकको मृत्युका कारण जिम्बावेको खुसियाली पीडामा परिणत भयो ।

समूह जी अन्तर्गतको अन्तिम खेल हेर्न मैदान जाने क्रममा भिडमा परेर एक जना समर्थकको मृत्यु भएको थियो । कंगोविरुद्ध २–० को जित हात पारेर इजिप्टमा हुने प्रतियोगितामा स्थान बनाए पनि सो घटनाले जिम्मावेलाई स्तब्ध बनायो । रंगशालाभित्र पस्ने क्रममा भएको अत्याधिक भिडका कारण त्यहाँ भयावह अवस्था आइपरेको थियो ।

यो घटनामा मृत्यु हुने समर्थक महिला भएको जिम्बावे फुटबल संघले जनाएको छ । घटनाको विस्तृत जानकारी भने दिइएको छैन ।

खेलअघि नै जिम्बावे पूर्णरुपमा आत्मविश्वासी थियो । जुन आत्मविश्वास समर्थकहरुका लागि पनि महत्वपूर्ण हुन्छ । जिम्बावेलाई जित दिलाउनका लागि खामा विलियाट र नलेज मुसोनाले गोल गरेका थिए । यो जितका कारण जिम्बावेले लगातार दोस्रो पटक अफ्रिकन कम अफ नेसन्समा स्थान बनाउन सफल भएकाे हाे ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया