एकताबद्ध हुन नसके पार्टी संकटमा पर्नसक्छ: कांग्रेस महामन्त्री कोइराला

 चैत ११, २०७५ सोमबार १७:५६:५४ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी एकताबद्ध हुन नसके संकटमा पर्न सक्ने चेतावनी दिनुभएको छ ।

नेपाली कांग्रेस बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेलामा महामन्त्री कोइरालाले पार्टीलाई संकटबाट जोगाउन सबै शीर्ष नेताबीच एकता सबैभन्दा अपरिहार्य भएको बताउनुभयो । महामन्त्री कोइरालाले वर्तमान सरकार अधिनयाकवादी शैलीमा अघि बढ्न खोजेको भन्दै कुनैपनि खालको अधिनायकवाद कांग्रेसका लागि स्वीकार्य नभएको बताउनुभयो ।

सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको उहाँको भनाइ छ । कार्यक्रममा केन्द्रीय सदस्य दिपक गिरी, किशोरसिंह राठौर, बद्रि पाण्डे, पूर्वमन्त्री एवं नेपाली कांग्रेस बर्दियाका सभापति संजय गौतम लगायतले मन्तव्य राख्नुभएको थियो ।

त्यस अवसरमा महामन्त्री कोइरालाले नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयको थप गरिएको दोस्रो तल्ला भवनको उद्घाटन गर्नुभयो । कार्यकर्ताबाट चन्दा संकलन गरी ११ लाख ६ हजार १ सय १५ रुपैयाँ लागतमा भवन निर्माण गरिएको नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत ३, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया