अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउन पेन्टागनले दियो एक अर्ब अमेरिकी डलरको मञ्जुरी

 चैत १२, २०७५ मंगलबार १२:४६:२८ | एजेन्सी
unn.prixa.net

संयुक्त राज्य अमेरिकाको रक्षा विभागको मुख्यालय पेन्टागनले अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउनका लागि एक बिलियन अमेरिकी डलर दिन मञ्जुरी दिएको छ । 

राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउने माग राख्दै आएका थिए । राष्ट्रपति ट्रम्पले अमेरिकामा आपराधिक क्रियाकलाप रोक्नका लागि पनि भौतिक अवरोधको आवश्यकता भएको बताउँदै आएका छन् । तर उनका आलोचकहरुले भने ट्रम्पले आपतकालमा सीमाको निर्माण गरेको आरोप लगाउँदै आएका छन् । 

होमल्याण्ड सुरक्षा विभागले पेन्टागनलाई ९२ किलोमिटरसम्मको ५.५ मिटर अग्लो पर्खाल बनाउन, सडक सुधार गर्न र प्रकाशको व्यवस्था गर्नको लागि भनेको बीबीसीले उल्लेख गरेको छ । 

अमेरिकी आर्मी कोर अफ इञ्जिनियर्सको कमाण्डरलाई होमल्याण्ड सुरक्षा र सीमा शुल्क तथा सीमा गस्ती विभागको मद्दत गर्नको लागि एक अर्ब अमेरिकी डलरको राशी खर्च गर्ने योजना सुरु गरेको पेन्टागनले जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया