डोटीमा असिनाले गहुँ र तरकारीबालीमा क्षति

 चैत १२, २०७५ मंगलबार १५:४२:५३ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटी जिल्लाका विभिन्न ठाउँमा परेको असिनाले गहुँ, तोरी तथा तरकारीवालीमा नोक्सानी गरेको छ ।

सोमबार साँझ परेको असिनाले डोटीका बडिकेदार, बोगटान, जोरायल, केआईसिंह, सायल, पूर्विचौकी लगायतका गाउँपालिका तथा दिपायल-सिलगढी नगरपालिकाका सयौँ रोपनी खेतमा लगाइएको गहुँ खेती, तोरीबाली तथा तरकारीलगायत अन्य बालीमा नोक्सानी पुर्‍याएको सायल गाउँपालिकाका स्थानीय माधब ओझाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बिहान घाम लागेको थियो, साँझ एकाएक असिना पर्‍यो, हाम्रो त गहुँखेती, तोरीबाली र तरकारीबाली सखाप पार्‍यो ।’

गएको महिना बाक्लो हिमपात भएका कारण गहुँ लागयतका अन्य बाली सप्रिने आशामा खुशी भएका यहाँका किसानहरु सोमबार साँझ परेको असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति पुर्‍याएपछि निराश भएका छन् ।

डोटीमा वर्षासहित असिना परेको याे दाेस्राे पटक हाे । 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया