नेपालमा आधिकारिक शाखा खुलेकाे वार्षिकाेत्सवमा पियाजियो थ्री ह्वीलर्सको अन्तरराष्ट्रिय सम्मेलन

 चैत १२, २०७५ मंगलबार १६:४७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा पियाजियो थ्री ह्वीलर्सका आधिकारिक विक्रेता एमभी दुगड़ ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्सले आफ्नो पहिलो वार्षिकोसत्वको उपलक्षमा थाइल्याण्डकाे पतायामा पहिलो अन्तराष्ट्रिय कन्फरेन्स सम्पन्न गरेको छ ।

कन्फरेन्समा ४६ शाखा तथा डिलरहरुलाई संलग्न गराइएको र ५ उत्कृष्ट विधाहरुमा अवार्ड समेत प्रदान गरिएकाे कम्पनीले जनाएकाे छ ।

एमभी दुगडका उच्चपदस्थ अधिकारीहरुले अवार्ड हस्तान्तरण गर्नुभएको थियाे ।

पियाजियाेले २०१८ फेब्रुअरी महिनाबाट आधिकारिक रुपमा नेपालमा थ्री ह्वीलर्सको बिक्री वितरण सुरु गरेकाे थियाे ।

थ्री ह्वीलर्स अर्थात त‍ीन पाङ्ग्रे यातायातकाे साधनले हिमाल, पहाड र तराईलाई जोडेको हुँदा हरेका नेपालीको आत्मीयता गाँसिएको र आउने दिनहरुमा यस्तै थप कार्यक्रमहरुका साथ अग्रसर रहने उपाध्यक्ष विवेक दुगडले बताउनुुभयो ।

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया