आफूले फिल्मफेयर अवार्ड नजितेकाेमा दुःखी भएका फ्यानसँग दीपिकाले हात जोड्दै मागिन् माफी

 चैत १२, २०७५ मंगलबार १७:७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडको प्रतिष्ठित अवार्ड कार्यक्रमहरुमध्येको एक फिल्म फेयर अवार्डस् २०१९ हालै सम्पन्न भएको छ ।

यस वर्ष अभिनेत्री आलिया भट्टले फिल्म ‘राजी’ का लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भइन् । अभिनेत्री दीपिका पादुकोण पनि फिल्म ‘पद्मावत’ बाट नोमिनेशनमा परेकी थिइन् । तर उनले अवार्ड भने जित्न सकिनन् ।

आलियाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दा दीपिकाले पनि आलियाको खुशीमा साथ दिएकी थिइन् । तर दीपिका पादुकोणका फ्यानहरु भने निरास भएका छन् ।


आलिया भट्टका कारण दीपिका पादुकोणले फिल्मफेयर अवार्ड हार्नु परेपछि दीपिकाका फ्यानहरुले आफ्नो असन्तुष्टि सामाजिक संजालमा पोखेका छन् । जसरी अभिनेता रणवीर सिंह र आयुष्मान खुराना दुवैलाई उत्कृष्ट अभिनेता (क्रिटिक्स) को अवार्ड दिइयो, त्यो नियम उत्कृष्ट अभिनेत्रीको अवार्ड दिने क्रममा दीपिका र आलियाको लागि प्रयोग नभएको आरोप उनीहरुले लगाएका छन् । साथै दीपिका पादुकोणमाथि अन्याय भएको भन्दै आक्रोश पनि व्यक्त गरेका छन् । 

यी सबै कुराबारे थाहा पाएपछि अभिनेत्री दीपिका पादुकोणले आफ्ना फ्यानहरुको रिस शान्त पार्ने कोशिश गरेकी छिन् । दीपिकाले  सामाजिक सञ्जालमा उनका फ्यानले गरेको पोष्टमा कमेन्ट गर्दै भनेकी छिन्, ‘मेरा सम्पूर्ण फ्यानहरुसँग म माफी माग्न चाहन्छु । मैले तपाइँहरु सम्पूर्णलाई निरास बनाएँ । म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु कि आगामी दिनहरुमा म अझै कडा मेहनत गर्नेछु ।’ 

दीपिका पादुकोणले हिजो मात्रै उनको आगामी फिल्म ‘छपाक’ को फर्स्टलूक सार्वजनिक गरेकी छिन् । यस फिल्ममा उनले एसिड आक्रमणपीडित भारतीय युवती लक्ष्मी अग्रवालमो भूमिका निर्वाह गर्नेछिन् ।

दीपिकाको यस फिल्ममा रहेको फर्स्टलूक सार्वजनिक भएसँगै उनका फ्यानहरुसँगै बलिउडकर्मीले पनि उनको प्रशंशा गरिरहेका छन् । मेघना गुल्जारको निर्देशन रहने यस फिल्मको छायांकन साेमबारबाटै सुरु भएको छ भने यो फिल्म जनवरी, २०२० मा रिलिज हुनेछ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया