इलाममा चटयाङ्ग लागेर तीन जना घाइते, एक घरमा आगलागी

 चैत १२, २०७५ मंगलबार २०:४०:५ | सुजता सुनुवार
unn.prixa.net

इलाम – हावाहुरीसँगै वर्षा हुँदा परेको चटयाङ्गले लागेर इलाममा तीन जना घाइते भएका छन् भने एउटा घरमा आगलागी भएर धनमालकाे क्षति भएकाे छ ।

इलाम नगरपालिका-६, गडीका ३३ वर्षीय दिनेश गुरुङ, त्यसै ठाउँका ४१ वर्षीय बमबहादुर लिम्बू र सूर्योदय नगरपालिका १० की ४४ वर्षकी छत्रमाया बुढाथोकी मंगलबार परेको चट्याङ्गले लागेर घाइते भएका हुन् । 

घाइतेद्धय गुरुङ र लिम्बूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि बीएमसी अस्पताल लगिएको छ भने बुढाथोकीलाई विर्तासिटी हस्पिटल रेफर गरिएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । 

यस्तै फाकफोकथुम गाउँपालिका-३ रातमाटेका रण बहादुर लिम्बूको घरमा चट्याङ्ग पर्दा आगलागी भएको छ । आगलागीबाट लिम्बूको घर पूर्ण रुपमा जलेर नष्ट हुदाँ दुई लाख १५ हजार बराबरको क्षति भएको बताइएको छ । 

चट्याङ लागेर लिम्बूको दुई वटा टेलिभिजन, अन्नपात, महत्वपूर्ण कागजात, नगद ३० हजारलगायतका सामान जलेको प्रहरी चौकी आमचोकका इञ्चार्ज भूपेन्द्र ढुङ्गानाले जानकारी दिनु भयो ।

आगलागी सुरु भएको साडे तीन घण्टामा मात्रै स्थानिय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया