चेन्नईको लगातार दोस्रो जित, सन्दीप सहभागी टिम दिल्ली ६ विकेटले पराजित

 चैत १३, २०७५ बुधबार ७:०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार दोस्रो जित हात पारेको छ । चेन्नईले नेपाली लेगस्पिनर सन्दीप लामिछाने सहभागी दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो ।

दिल्लीमा मंगलबार राति भएको खेलमा चेन्नाईलाई दिल्लीले १४८ रनको लक्ष्य दिएको थियो । चेन्नईले दिल्लीको लक्ष्य दुई बल बाँकी रहँदा पूरा चार विकेट गुमाएर पूरा गर्‍यो । 

चेन्नईको जितमा सेन वाट्सनले ४४ रन बनाए । यसैगरी सुरेश रैना ३० रनमा आउट हुँदा केदार जादबले २५ बनाएका थिए । महेन्द्र सिंह धोनीले पनि २५ रनकै योगदान दिए । पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । 

दिल्लीका लागि शिखर धवन ५१ तथा ऋषभ पन्त २५ र पृथ्वी साले २४ रन जोडे । पहिलो विकेटका लागि धवन र साका बीचमा ३६ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाए पनि पछिल्ला क्रमका ब्याट्सम्यानहरु क्रिजमा टिक्न सकेनन् । चेन्नईका डुवान ब्राभोले सर्वाधिक ३ विकेट लिएका थिए ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया