चीनमा दुई हजार पाँच सय वर्ष पुरानो अण्डा भेटियो

 चैत १३, २०७५ बुधबार ७:१२:४६ | रासस
unn.prixa.net

२५०० वर्ष पुरानो अण्डा । तस्बिर : द बेइजिङ न्युज

पुरातत्वविद्हरुले चीनको जियाङ्सु प्रान्तमा दुई हजार ५०० वर्ष पुरानो चिहानबाट सग्लो अण्डा भेटिएको सोमबार जनाएका छन् । उत्खनननका क्रममा अण्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको अवस्थामा पाइएको थियो । 

नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन् गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अण्डा फेला परेको बताएका छन् । 

मानिसको हातले छुँदा अन्डा फुट्ने त्रासका कारण अन्डा गणना गर्न एक्सरेको प्रयोग गरिएको एकजना पुरातत्वविद् झाओ हेङमिङले बताए । 

“सेतो र पहेंलो अवस्थामा भेटिएका ती अण्डा सडेको अवस्थामा छन्, तर नुनमा डुबाइएको थियो वा थिएन भन्ने बारेमा डीएनए परीक्षण गर्ने तयारी भइरहेको छ,” उनले भने । अण्डाका शौखिन व्यक्तिको निधन भएपछि उनकै सम्झनामा भाँडोमा अण्डा राखेर सँगै गाडिएको हुनसक्ने अनुसन्धाताहरुको भनाई छ । 

प्राचीन चिनियाँ चिहानहरुमा अण्डा भेटिएको यो पहिलोपटक भने होइन, तर अण्डा नफुटेको अवस्थामा बिरलै पाइन्छ । वैज्ञानिकहरुका अनुसार यति लामो अवधिसम्म अन्डाको बाहिरी भाग सुरक्षित रहनु निकै कठिन हो । 

सन् २०१५ मा चीनको दक्षिणपश्चिम गुईझाओ प्रान्तमा पुरातत्वविद्हरुले दुई हजार वर्षभन्दा अघिको चिहानमा पनि अण्डा फेला पारेका थिए, तर उत्खननका क्रममा हातले छोएका कारण त्यस अन्डाको बाहिरी भाग फुटेको थियो । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया