नेपाली गार्मेन्ट यूएई पुर्‍याउने राजदूतको आश्वासन

 चैत १३, २०७५ बुधबार १३:०:१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालका लागि यूएईका राजदूत सईद हमदन अल नकिव बुधबार महिला उद्यमी कश्मीरा खातुन(काली मिया)ले नेपालगञ्जको घरबारी टोलमा सञ्चालन गर्नुभएको लुम्बिनी गार्मेन्टमा पुग्नुभयो । 

मियाले सञ्चालन गर्नुभएको गार्मेन्ट गएको वर्ष आगलागीमा परेर नष्ट भएको थियो । मियाको अथक प्रयासपछि पुनः सुरु भएको गार्मेन्ट पुगेर राजदूत नकिवले उत्पादनलाई यूएईमा बजार विस्तारका लागि आफूले पहल गर्ने आश्वासन दिनुभएको छ ।

यसैबीच राजदूत नकवीलाई नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले बुधबार नेपालगञ्जमा स्वागत गरेको छ । सङ्घको कार्यालयमा राजदूत नकवीलाई स्वागत गर्दै सङ्घका कार्यवाहक अध्यक्ष अव्ब्दुल वाहिद मन्सुरीले उद्योग, व्यापारको प्रबर्द्धनका लागि यूएई सरकारको साथको अपेक्षा गरिएको बताउनुभयो ।

राजदूत नकवीले नेपालीलाई सहयोगका लागि यूएई सधैँ तयार रहेको बताउनुभयो । 

अन्तिम अपडेट: फागुन २८, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया