‘भारतले लाइभ स्याटेलाइट खसाल्यो, अब भारत पनि अन्तरिक्षको महाशक्ति’

 चैत १३, २०७५ बुधबार १३:४३:११ | एजेन्सी
unn.prixa.net

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशका नाममा सम्बोधन गर्दै भारत अन्तरिक्षको महाशक्ति बन्ने घोषणा गरेका छन् । 

प्रधानमन्त्री मोदीले भने, ‘केही समयअघि मात्र भारतले अभूतपूर्व सफलता हासिल गरेको छ । भारतले आफ्नो नाम अन्तरिक्ष महाशक्तिको रुपमा दर्ता गरेको छ । विश्वका तीन देश अमेरिका, रुस, चीनले यो उपलब्धि हासिल गरेका थिए, अब यो पंक्तिमा भारत पनि अटाएको छ ।’

भारतले अन्तरिक्षको ३ सय किलोमिटर टाढा लो अर्थ अर्बिट (एलईओ) स्याटेलाइट खसालेको हो । यो भारतको पूर्व निर्धारित लक्ष्य थियो र उसले तीन मिनेटभित्र यसलाई हासिल गरेको हो । मिसन शक्ति निकै कठिन भएको भन्दै प्रधानमन्त्री मोदीले मिशन शक्ति हासिल गर्न सहयोग गर्ने वैज्ञानिकहरुलाई बधाई पनि दिएका छन् । 

मिसन शक्तिलाई रक्षा, अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले मूर्त रुप दिएको हो । यो उपलब्धिपछि भारतलाई प्रतिरोधक क्षमता मिलेको वैज्ञानिकहरुले बताएका छन् । यदि भारतको स्याटेलाइटलाई कसैले नष्ट गर्छ भने भारतले पनि अब त्यस्तै गर्नसक्छ । 

यसअघि प्रधानमन्त्री मोदीले ट्वीट गर्दै देशलाई सम्बोधन गर्ने र महत्वपूर्ण सन्देश दिने बताएका थिए । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया