अल्जेरियाका राष्ट्रपति अब्देलअजीजलाई शासनका लागि अयोग्य घोषित गर्न माग

 चैत १३, २०७५ बुधबार १३:५७:४५ | एजेन्सी
unn.prixa.net

अल्जेरियाका सेनाध्यक्षले राष्ट्रपति अब्देलअजीजको विरुद्धमा कैयौं हप्तादेखि विरोध प्रदर्शन भइरहेको हुँदा राष्ट्रपति अजीजलाई शासन गर्न अयोग्य घोषणा गर्नुपर्ने माग गरेका छन् । 

टेलिभिजनको सम्बोधनमा लेफ्टिनेन्ट जनरल अहमद जी सालेहले भने, ‘यो संकटबाट बाहिर आउनको लागि तत्काल कुनै मार्ग खोज्नुपर्छ, जुन संविधानको दायरामा छ ।’ उनले स्थायी राजनीतिक परिस्थितिको एकमात्र ग्यारेण्टी संविधान नै भएको बताएका छन् । 

उनले संविधानको धारा १०२ तिर पनि इंगित गरेका छन् जस अनुसार राष्ट्रपति शासन गर्न सक्षम नरहेको अवस्थामा संवैधानिक परिषद्ले राष्ट्रपतिको पद खाली भएको घोषणा गर्नसक्छ । 

संविधानको अनुसार, यदि यस्तो भएको अवस्थामा सिनेट प्रमुखलाई चुनाव नभएसम्मका लागि कार्यवाहक राष्ट्रपति बनाइनेछ । 

अल्जेरियाका अधिकतम जनताहरुले पनि ८२ वर्षीय राष्ट्रपति शासन गर्न अयोग्य भएको बताउँदै आएका छन् । ‘जसलाई ६ वर्ष पहिले स्ट्रोक (हृृदयाघात) भएको थियो र मुश्किलले हिँडडुल गरिरहेका छन्, उनले कसरी देशलाई चलाउन सक्छन्,’ उनीहरु भन्छन् । 

राष्ट्रपतिको विरोधमा पछिल्लो महिनादेखि विरोधको कदम चालिएको हो, जुन अहिलेसम्म जारी नै छ । 


 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया