ललितपुरमा सुरु भयाे ‘कला तथा संस्कृति महोत्सव

 चैत १३, २०७५ बुधबार १६:५५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली हस्तकलाको संरक्षण, सम्वद्र्धन र विकासमा विशेष जोड दिन सरकारलाई आग्रह गर्नु भएको छ । 

उपराष्ट्रपति पुनले नेपालको निर्यात व्यापारमा समेत ठूलो योगदान दिँदै आएको हस्तकलाको संरक्षण र सम्वर्द्धन गर्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो । बुधबार ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजित ‘कला तथा संस्कृति महोत्सव’को उद्घाटन गर्दै उहाँले नेपाली कला र संस्कृति संकटमा पर्दै गएको उल्लेख गर्दै त्यसको संरक्षणमा लाग्न पनि सबैलाई आह्वान गर्नुभयो । उपराष्ट्रपति पुनले नेपालको चिनारीको रुपमा रहेको कला र संस्कृतिको विकासमा सबैले उत्तिकै चासो दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

५ दिनसम्म चल्ने महोत्सवमा ललितपुरको कला, संस्कृति झल्कने खालका विभिन्न हस्तकलाका सामग्रीहरु राखिएका छन । विश्व कला परिषदले ललितपुरको पाटन दरबार क्षेत्रलाई ‘कला नगरी’को रुपमा घोषणा गरेको स्मरणमा हरेक वर्ष पाटन दरबार क्षेत्रमा कला तथा संस्कृति महोत्सव आयोजना गर्न सुरु गरिएको हो । महोत्सवबाट त्यहाँको कला र संस्कृतिलाई विश्वमा चिनाउन सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया