तस्बिरमा हेर्नुहाेस् युराेपकै पहिलाे समुन्द्रमुनिकाे रेस्टुरेन्ट

 चैत १३, २०७५ बुधबार १८:३:५९ | एजेन्सी
unn.prixa.net

 नर्वेमा समुन्द्री सतहबाट पाँच मिटरमुनि रेस्टुरेन्ट सञ्चालनमा आएको छ । नर्वेको दक्षिणी भूभागको उत्तरी समुन्द्रमा युरोपको पहिलो समुन्द्रमुनिको रेस्टुरेन्ट सञ्चालनमा आएको हो ।

देख्नमा डुबाएको नली जस्तै देखिने यस रेस्टुरेन्टको सन् २०१८ को जुलाई मा निर्माण सम्पन्न भएको थियो । तर रेस्टुरेन्टको रुपमा यसले पहिले पटक गएको मार्च २० मा पहिलो ग्राहकलाई स्वागत गरेको हो । 

यस रेस्टुरेन्टको नाम अण्डर राखिएको छ । यसकाे निर्माण इजिप्टको बिब्लियोथेका अलेक्जिेन्ड्रिना, ओस्लो ओपेरा हाउसको डिजाइनर कम्पनी नर्वेजियन आउटफिट स्नोहेटाले गरेको हो ।

यस रेस्टुरेन्टमा ४० पाहुनाहरु अटाउन सक्छन् । यसलाई कंक्रिटको डेढ फीट चौडा भित्ताले पानीबाट बचाएर राखेको छ । यस रेस्टुरेन्टको भित्री भाग ५०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । रेस्टुरेन्टमा राखिएका पानारोमिक झ्यालहरुबाट समुन्द्रमुनीको रमणीय दृश्यावलोकन गर्न सकिन्छ ।

रेस्टुरेन्टलाई ६ महिना लगाएर समुन्द्रतट नजिकै निर्माण गरिएको थियो । त्यहाँ निर्माण गरिसकेपछि त्यसलाई त्यहाँबाट ६०० फिट पर समुन्द्रभित्र लगेर राखिएको हाे । समुन्द्रको मुनि पानीको चाप र तरङ्ग बढी हुने भएकाले त्यसलाई थेग्न सक्ने बनाउन रेस्टुरेन्टलाई बक्र आकारमा निर्माण गरिएको छ ।

डाइनिङ टेबुलको झ्यालबाट पाहुनाहरुले माछाहरु खेलिरहेको मनोरम दृश्यका साथै समुन्द्री बनोट हेर्न सक्छन् । यो रेस्टुरेन्टका सिनियर आर्किटेक्ट रुन ग्रेजडल भन्छन्, 'मौसम खराब भएकोबेला रेस्टुरेन्टबाट झनै राम्रो र अद्भूत दृश्य हेर्न सकिन्छ ।'

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया