युनियन हाइड्रोको साधारण शेयर बिक्री सुरु

 चैत १३, २०७५ बुधबार १७:१५:४१ | रासस
unn.prixa.net

काठमाण्डाै - निजी क्षेत्रको जलविद्युत् कम्पनी युनियन हाइड्रोपावरले आजदेखि ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँ बराबरको प्राथमिक शेयर बिक्री शुरु गरेको छ ।

कम्पनीले सर्वसाधारणतर्फ निष्कासन गरेकोमध्ये दुई प्रतिशतअर्थात् ७० हजार ६६८ कित्ता कर्मचारीका लागि र बाँकी ३४ लाख ६३ हजार ६५४ कित्ता सर्वसाधारणका लागि बिक्री शुरु गरेको हो । 

कम्पनीले पहिलो चरणमा यही चैत १७ गतेसम्म शेयर बिक्री गर्नेछ ।  त्यस अवधिमा शेयर बिक्री नभएमा कम्पनीले ढिलोमा आगामी वैशाख १२ गतेसम्म बिक्री गर्नेछ ।

लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम तीन हजार ५०० कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । कम्पनीको लगानी फिर्ता हुने अवधि झण्डै ११ वर्ष रहेको छ । कूल तीन मेगावाट क्षमताको सो आयोजनाको प्रतिमेगावाट लागत २६ करोड ५० लाख रुपैयाँ रहेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया