जुम्ल्याहा बच्चाका फरक–फरक पिता !

 चैत १४, २०७५ बिहिबार ९:२२:३६ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

चीनमा एक महिलाले जुम्ल्याहा बच्चा जन्म दिइन् तर जुम्ल्याहा बच्चाका बाबु भने फरक–फरक रहेको पुष्टी भएको छ । यो घटना चीनको सियामेन सिटीकाे हाे । डीएनए परीक्षणबाट जुम्ल्याहा बच्चाका बुबा फरक फरक रहेको तथ्य खुलेको चिनियाँ सञ्चार माध्यमलाई उद्दृत गर्दै डेली मेल अनलानइनले जनाएको छ । 

यस कुराको पुष्टि पश्चात् डाक्टर पनि अचम्ममा परेका थिए । जुम्ल्याहा बच्चा जन्माउने दम्पती बच्चाको जन्म दर्ता गराउनका लागि सियामेन पुलिसमा गएका थिए । त्यहाँ उनीहरुले बच्चाको डीएनए रिपोर्ट मागेपछि यो कुराको खुलासा भएको हो । 

ती महिलाले आफ्नो श्रीमानलाई धोका दिएर अन्य व्यक्तिसँग शारीरिक सम्बन्ध राखेको डीएनए परीक्षणपछि स्वीकार गरेकी थिइन् । 

यस्तो घटना निकै कम मात्रै हुने विशेषज्ञको भनाइ छ । कुनै पनि महिलाले निकै कम समयको बीचमा दुई पुरुषसँग यौन सम्बन्ध कायम गरे तथा त्यसक्रममा एउटा डिम्ब ती दुई छुट्टा–छुट्टै पुरुषको शुक्रकिटबाट सेचन भएमा यस्तो हुने विशेषज्ञहरुकाे निष्कर्ष छ ।

अहिलेसम्म विश्वमा फरक–फरक बुबा भएका जुम्ल्याहा जन्मेको १० भन्दा कम घटना छन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया