अर्जुन कपूर र मलाइका अरोडाको विवाह अप्रिल १९ मा

 चैत १४, २०७५ बिहिबार १६:४१:५७ | एजेन्सी
unn.prixa.net

गएको वर्ष झैँ वर्ष २०१९ मा पनि बलिउडमा विवाहहरु हुने पक्का भएको छ ।

विवाहको पहिलो नम्बरमा भने अभिनेता अर्जुन कपूर र मलाइका अरोडाको जोडीको पालो रहेको छ । खबरहरुका अनुसार, मलाइका र अर्जुनको विवाह अर्को महिनामा हुने बताइएको छ । 

भारतीय सञ्चार माध्यमहरुका अनुसार, अर्जुन र मलाइकाको विवाह अप्रिल १९ मा हुने बताइएको छ । विवाहका लागि पाहुनाहरुको सूची पनि तयार भइसकेको छ ।

विवाहमा मलाइका र अर्जुनका नजिकका साथीभाइहरु सामेल हुनेछन् । अर्जुन र मलाइकाले अहिले आफ्ना कर्मचारीहरुलाई विवाहका विषयमा चुप लागेर बस्न निर्देशन दिएका छन् । 

अरबाज खानसँग विवाह गरेकी मलाइकाले सन् २०१७ मा उनीसँग सम्बन्ध बिच्छेद गरेकी थिइन् । त्यसपछि सन् २०१८ देखि सार्वजनिक रुपमै एकअर्कालाई डेट गर्न थालेका अर्जुन र मलाइकाले अन्ततः विवाह गर्ने निर्णय लिएका छन् । तर विवाहको विषयमा अर्जुन र मलाइकाले अहिले नै कुनै आधिकारिक बयान दिएका छैनन् । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया