गलेका बाबु, थाकेकी श्रीमती र दुवईको जेलमा अमरका १५ वर्ष

 असार १३, २०७५ बुधवार ११:१२:१५ | रीतु थेबे
unn.prixa.net

काठमाडौं – जनवरी २४ का दिन दार्चुलाका अमरबहादुर बम दुवईको जेलमा परेको १४ वर्ष पूरा भएर १५ वर्ष लाग्यो । अमरको रिहाईका लागि भाकल गरेर दार्चुलाको धारी गाउँमा बाबु र श्रीमतीले पालेको एउटा बोको ८ वर्ष पुगेपछि कालगतिले मर्‍यो । पहिलेको बोको मरेपछि भाकल गरेको अर्को बोको पनि अहिले ४ वर्षको भैसक्यो । 

दुवईको जेलमा अमरको बसाई लम्बिदा दार्चुलामा उनको रिहाईका लागि भाकल गरिएका बोका छिप्पिदै बुढा हुँदैछन् । अमरले पाएको मृत्युदण्डको सजायका बारेमा अखबार, अनलाइन, रेडियोमा धेरै खालका खबर बाक्लिदै गएका छन् । तर अमरको रिहाईका लागि घरमा पालेका बोका र जेलमा मृत्युदण्ड कुरिरहेका अमरको नियति उस्तै हुने हो कि भन्ने आशंका बाक्लिदै गएको छ । 

दुवईको अल अविर सेन्ट्रल जेलमा मृत्युदण्डको सजाय कुरिरहेका श्रीमान् अमर चाँडै फर्कुन् भनेर श्रीमती धनिसाले देउतासित भाकल गर्नुभएको छ । घरैमा पालेको एउटा खसी ४ वर्षको भयो (सुदूरपश्चिमतिर खसी पनि बली दिने चलन रहेछ) । भाकल गरेर पालेको एउटा खसी ८ वर्ष पुगेर मर्‍यो । 

अरु त अरु राष्ट्रपति विद्यादेवी भण्डारीले युएईको राजकीय भ्रमण गर्दा पनि समकक्षीसित अमरका बारेमा चासो राख्नुभएको थियो । तत्कालिन प्रधानमन्त्रीहरु बाबुराम भट्टराई, सुशील कोइराला र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि युएई सरकारसित अमरको जीवन रक्षाका लागि अनुरोध गरेका थिए । तैपनि अमर जेलबाट छुटेका छैनन् । अमरले टेलिफोनमा बताए अनुसार, अदालतबाट मृत्युदण्डको सजाय सुनाइएका उनीमाथि कुनै पनि बेला फैसला कार्यान्वयन गर्न सक्छ । 

दुवईको जेलमा अमरको पहिचान

२०७४ चैत २७ गते अघिल्लै दिन टिकट काटेको जीप चढेर म दार्चुला बजारबाट उत्तरतिरको धारी गाउँ जाने बाटो लागेँ । छाँगाछुर भीरमा खनिएको भन्नु मात्रैको मोटरबाटो । घाम लाग्दा धुलोको कुइरी मण्डल हुन्छ भने पानी पर्दा सडकमै बर्खामासको खोलामा झैं भलबाढी कुद्छ । 

तैपनि भीर खोपेर मोटरबाटो खनेपछि धारी र महाकाली अञ्चलका उत्तरी क्षेत्रमा बसोबास दार्चुलावासीलाई धेरै सुविधा भएको छ । यो बाटो बन्नु अघि धारीबाट सदरमुकाम खलङ्गा आइपुग्न दुई दिन पैदल हिँडनुपर्थ्यो ।  

भीर र पहरा काटेर पोहोर साल मात्रै खनिएको मोटरबाटोमा जीप चढेर दार्चुलाको सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिका ४ को धारी दौलास्थित अमरको घरमा पुग्दा रातो माटोले पोतेको घर उजाड उजाड थियो । अमरका बुवा कर्णबहादुर बम आँगनको डिलमा थकाई मारेर बस्नुभएको थियो । अमरकी श्रीमती धनिसा बम कुँडो खुवाउन खोर बाहिर निकालिएका खसीबाख्रा सिँयालमा सार्दै हुनुहुन्थ्यो । 

‘तीन चार वटा मन्दिरमा भाकल गरेका छौं, आठ वटा खसी काटौंला भनेर । कहीँ राँगो दिउँला भनेको छ,’ कुँडो खाँदै गरेकामध्येको ठूलो खसी देखाउँदै धनिसाले भन्नुभयो । 

धनिसाले श्रीमान् पर्खेर बसेको १४ वर्ष पूरा भयो । जेल परेको ४ वर्षसम्म त अमर कहाँ छन् भन्ने परिवारले थाहा पत्तो पाएन । अमरले घरमा जानकारी पनि गराएनन् । अमर घरबाट दिल्ली हिँडेका थिए । त्यसैले सुरुका ४ वर्ष कहाँ खोज्ने भनेर अमरको परिवारले कुनै भेउ पाएन । 

दुवईको अल अविर सेन्ट्रल जेलमा मृत्युदण्डको सजाय कुरिरहेका श्रीमान् अमर चाँडै फर्कुन् भनेर श्रीमती धनिसाले देउतासित भाकल गर्नुभएको छ । घरैमा पालेको एउटा खसी ४ वर्षको भयो (सुदूरपश्चिमतिर खसी पनि बली दिने चलन रहेछ) । भाकल गरेर पालेको एउटा खसी ८ वर्ष पुगेर मर्‍यो । 

श्रीमान् जेल परेको थाहा पाएदेखि धनिसाका आँखा ढुक्कसित निदाउन सकेका छैनन् । श्रीमानलाई जेलमुक्त गरेर नेपाल फर्काउन धनिसा कहाँ कहाँ मात्रै पुग्नुभएन । जिल्लाका नेतालाई गुहार माग्नेदेखि सहयोगका लागि ससुराको साथ लागेर दार्चुलादेखि सिंहदरबारमा मन्त्री र प्रधानमन्त्रीलाई भेट्न हात जोड्दै पुग्नुभयो । तर अहिलेसम्म धनिसाका श्रीमान् अमर फर्केर आएका छैनन् । 

यसरी धनिसाले श्रीमान् पर्खेर बसेको १४ वर्ष पूरा भयो । जेल परेको ४ वर्षसम्म त अमर कहाँ छन् भन्ने परिवारले थाहा पत्तो पाएन । अमरले घरमा जानकारी पनि गराएनन् । अमर घरबाट दिल्ली हिँडेका थिए । त्यसैले सुरुका ४ वर्ष कहाँ खोज्ने भनेर अमरको परिवारले कुनै भेउ पाएन । 

सन् २००९ मा अर्जुनबहादुर थापा युएईका लागि नेपाली राजदूत भएका बेला मात्रै अमर जेल परेको खबर बाहिर आयो । अर्जुनबहादुर थापाले जेल भ्रमणका क्रममा मृत्युदण्डको सजाय सुनाईएका अमरलाई भेट्नु भएको थियो । 

धनिसा : बिहेपछिका २० दिन र बिछोडका १४ वर्ष 

घाम दिनहुँ फर्कि आउँछ र महाकाली पारीको डाँडा मुनि अस्ताउँछ । तर घाम अस्ताउने बाटो तिरै महाकाली नदी तरेर परदेश गएका अमर १५ वर्ष हुँदा पनि फर्केका छैनन् । त्यतिबेला अमर छिमेकी देश भारतको राजधानी दिल्लीको एक मार्वल कम्पनीमा गाडी चलाउने काम गर्थे । 

बिहे अघि कहिल्यै नदेखेका, तीन हप्ता मात्रै सँगै बसेका र १५ वर्षदेखि छुट्टा भएका श्रीमानको अनुहार धनिसालाई राम्ररी सम्झना छैन । पुरानो भएर धमिलो भएको अटो साइजको एकप्रति फोटो बाहेक अनुहार हेर्न अरु उपाय पनि छैन । परिवारसित भएको अमरको फोटो त्यति एउटा मात्रै हो । डेढ दशकमा अमरका अनुहार फेरिए । फेरिएको अनुहार कस्तो भयो होला, धनिसालाई थाहा हुने कुरा भएन । २५ वर्षको उमेरमा घरबाट हिँडेका अमर अहिले ४० का भए । पक्कै उनको अनुहार फेरियो होला । 

त्यसैबेला घरमा बिहे गर्ने कुरा चल्यो । लटिनाथ गाउँपालिका मार्माकी धनिसा सिंहसित अमरको मागी बिहे भयो । धनिसा त्यसबेला १४ वर्षकी मात्रै हुनुहुन्थ्यो । बिहे अगाडि धनिसा र अमरको चिनजान थिएन । पहिले देखिका कुटुम्ब दुवैतिरका अभिभावकको मन मिलेपछि उनीहरु दुईले साइनो जोड्न नाईं भनेनन् । 

भारतको उत्तराखण्डमा रहेको हरिद्वारमा देउता साक्षी राखेर अमरले धनिसाको सिउँदो रंग्याए, सँगै मर्ने बाँच्ने कसम खाए । त्यसरी भएको बिहेको २० दिन नबित्दै अमर परदेश गए । २० दिनको माया सम्झेर १५ वर्षपछि पनि धनिसा अमरलाई कुर्दैछिन् । अमर बाहेक अब उनको कोही पनि छैन ।  

माइतीमा धनिसाको अभिभावक भन्नु वृद्ध उमेरकी एक्ली आमा मात्रै थिइन् । बुवाको पहिले नै निधन भएको थियो । खाउँलाउँ भन्ने उमेरका नव दम्पत्ति दाजु भाउजुलाई कालोज्वरोले बाँच्न दिएन । अथवा सिंगो परिवार भन्नु आमाछोरी मात्रै थिए ।  

त्यसैले पनि धनिसाका लागि अमर संसारमा सबैभन्दा धेरै भर भएका मानिस थिए । तर समयले धनिसालाई ठग्यो । अमरको साथ बिहेपछि लगत्तै धर्मरायो । मंसिर महिनामा बेहुली बनेर धनिसा अमरको घर भित्रिइन् । बेहुली भित्र्याएको तीन हप्तामा अमर परदेश लागे । 

अमरको गन्तव्य थियो दिल्ली । अमरले दिल्ली फर्कन्छु भन्दा धनिसाले दुई चार महिना घर बसेर जानु भनेको पनि हो । तर अमरले दिल्लीमा कोठा खोजेर केही महिनापछि लिन आउँछु भनेर धनिसालाई फकाए । धनिसालाई पनि पहाडको दुःखबाट भाग्ने मन थियो । शहर हेर्ने, त्यही बस्ने र सुखले जीवन काटने रहर थियो । 

बिहे अघि कहिल्यै नदेखेका, तीन हप्ता मात्रै सँगै बसेका र १५ वर्षदेखि छुट्टा भएका श्रीमानको अनुहार धनिसालाई राम्ररी सम्झना छैन । पुरानो भएर धमिलो भएको अटो साइजको एकप्रति फोटो बाहेक अनुहार हेर्न अरु उपाय पनि छैन । परिवारसित भएको अमरको फोटो त्यति एउटा मात्रै हो । डेढ दशकमा अमरका अनुहार फेरिए । फेरिएको अनुहार कस्तो भयो होला, धनिसालाई थाहा हुने कुरा भएन । २५ वर्षको उमेरमा घरबाट हिँडेका अमर अहिले ४० का भए । पक्कै उनको अनुहार फेरियो होला । 

कलिलै उमेरमा बिहेवारी गरेकी धनिसाको अनुहार पनि फेरिएको छ । २९ वर्षमा हिँडदै गरेकी धनिसाको अनुहारको चाउरी टाढैबाट देखिन्छ । खुसीको रंग अनुहारबाट उडि गए जस्तो लाग्छ । अब त धनिसासित श्रीमानसित तीन हप्ता बिताएका समयको सम्झना र कल्पनाका चाङ मात्रै बाँकी छन् । 

‘दिल्ली, बम्बईबाट उहाँका साथीहरु आउँदा धेरै याद आउँछ । कोही छोरा मान्छेले गीत बजाइदिए भने याद आउँछ । गाउँमा कसैको बिहेवारी हुँदा याद आउँछ,’ धनिसाले भन्नुभयो, ‘आफ्ना मान्छेको क्याना नआउने भए याद त । थुप्रै आउने भए याद त ।’ 

दुवईमा अमरले जीवनमा कहिल्यै नचिताएको घटना भयो । त्यही कारणले अमर घर फर्केनन् । घरपरिवारले ४ वर्ष पछि थाहा पाए, अमर मान्छे मारेको आरोपमा जेल परेका छन् । हो, अमर २४ जनवरी २००३ देखि दुवईको जेलमा छन् ।

बरदुवईमा रहेको इण्डियन क्लबमा भारतीय व्यापारी शरद सेठ्ठीको हत्यामा संलग्न भएको आरोपमा अदालतले दुई भारतीय नागरिक मनोज मुदाना र करनसिंह राजपुतसहित अमरलाई सन् २००३ मा नै मृत्युदण्डको सजाय हुने फैसला सुनाएको थियो । सँगै पक्राउ परेका ती भारतीय नागरिकले अमर निर्दोष रहेको लिखित बयान पनि दिएका छन् । तै पनि अमर छुटेका छैनन् ।

ड्राइभरी काममा दिल्ली पुगेका अमर परिवारलाई थाहै नदिई दुवई पुगेका थिए । दिल्लीमा भन्दा राम्रो कमाई हुने लोभ देखाएर मनोज र करनसिंहले नै अमरलाई दिल्लीबाट दुवई लगेका थिए । 

बाहिरी संसार त परै जाओस, आकाश पनि सितिमिति देख्न नपाइने झ्यालखाना भित्र अमरको पनि के लाग्दो हो । मन त उडेर गाउँमै आइपुग्दो हो । तर ज्यान फलामे बार भित्र छ । तैपनि अमर श्रीमतीलाई ढाडस दिँदै फोनमा भन्छन्, ‘म जसरी पनि फर्केर आउँछु । हातगोडा छन् । बनाउ, खाउ । गोरु, बाख्रा पाल्नु । फर्केपछि त म छँदैछु ।’

हिजोआज अमरसित धनिसाको महिनामा एक पटक फोनमा कुराकानी हुन्छ । फोनमा अमरले श्रीमतीसित भन्ने एउटै कुरा हुन्छ, हप्ता दुई हप्तामा काठमाडौंमा फोन गरेर मलाई निकाल्न के कसो कुरा चल्या छ भनेर सोधिखोजी गर्नु । 

धनिसालाई भने श्रीमानसित भन्नु पर्ने कुरा थुप्रै छन् । तर जेलबाट आएको फोनमा कुराकानी गर्न समय थोरै हुन्छ । चाहेर पनि नेपालबाट फोन गर्न पाइन्न । थोरै समयमा मनभरीका कुरा सुनाउन सकिन्न । धनिसाको मनको कुरा मनमै रहन्छ । केही मिनेटको कुराकानीमा १५ वर्ष भोगेका पीरव्यथा कसरी सुनाउन सकिएला र । 

‘खान पाउँछन् कि पाउँदैनन् । ओड्ने ओछ्याउने छ कि छैन । घरमा जस्तो बिस्तारा नपाइएला जेलमा,’ श्रीमानलाई सम्झने बित्तिकै धनिसाका मनमा यस्तै कुरा खेल्छन् । उहाँलाई आफ्नो भन्दा सात समुन्द्र पारीको झ्यालखानामा बन्दी जीवन बिताइरहेका श्रीमानको चिन्ता लाग्छ । ‘हामी त सुखमा बस्या छम् । मकैको रोटी मात्रै भए पनि आफैले बनाएर खाएका छौं । उहाँलाई दुःख होला ।’ 

तै पनि एकपटक धनिसाले साहस बटुलेर अमरलाई भन्नुभयो, ‘यति वर्ष भयो, कसरी बसौं । कसरी नुनतेल चलाउँ । कसरी खाउँ ।’ 

बाहिरी संसार त परै जाओस, आकाश पनि सितिमिति देख्न नपाइने झ्यालखाना भित्र अमरको पनि के लाग्दो हो । मन त उडेर गाउँमै आइपुग्दो हो । तर ज्यान फलामे बार भित्र छ । तैपनि अमर श्रीमतीलाई ढाडस दिँदै फोनमा भन्छन्, ‘म जसरी पनि फर्केर आउँछु । हातगोडा छन् । बनाउ, खाउ । गोरु, बाख्रा पाल्नु । फर्केपछि त म छँदैछु ।’

‘म मरी जान्छु । कतै नजानु । यसै घरमा बस्नु । कुनै दिन मेरो छोरा आउँछ१’ मर्नुअघि मानमतीले बुहारी धनिसालाई यसो भनेर सम्झाइन् । सासुले भनेका यिनै कुरा धनिसाको गलामा अड्केर अहिलेसम्म कर्मघर छाड्नु भएको छैन । तर सासुआमाले भनेजस्तै उनको छोरो कहिले आउने हो, अझै कति पर्खनु पर्ने हो, टुंगो छैन ।

आफ्नो मान्छे दुवईमा जेल पर्‍यो भनेर धनिसा चुपचाप हात बाँधेर बस्नु भएको छैन । धनिसाको जिन्दगी गाउँमै ब्यस्त छ । जिन्दगी चलाउन गाईभैंसी पालेर दुध बेच्नु छ । खसीबाख्रा पालेर खरिदेलाई बाटो लाउनु छ । 

नुनतेल, चामल, कपडा सबै धान्ने मेलो यही हो । मनभरी चिन्ता त धनिसालाई पनि छ । तर सुनिदिने कोही छैन । उमेर ढल्किदै छ । कोख रित्तो छ । आफूभन्दा पछाडि बिहे गरेकाहरुले छोराछोरी अघि पछि लाएको देख्दा मन दुख्छ ।  

‘कान्छी देउरानीले छोरी बिहे गरेर पठाइन् । जेठाजुले म भन्दा पछाडि बिहे गरेका हुन् । उनको छोरीको बिहे गर्ने बेला भएको छ । धनिसा भन्नुहुन्छ ‘मेरा पछि बिहे गरेकाहरु सबैका छोराछोरी ठूला भएका छन् । आज मेरो यो उमेर भयो । कस्तो होला मलाई ।’

वृद्ध उमेरकी आमा भेटन माइतीघर नपुगेको डेढ वर्ष भयो । माइती बाहेक धनिसाको जाने अरु ठाउँ पनि छैन । त्यही माइती पनि खर्चको अभावले जान नपाउँदा बिरानो भइसक्यो । छोरा अमर जेल परेको सुनेपछि त्यही शोकले धनिसाकी सासु, अमरकी आमा मानमती बम स्वर्गे भइन् । 

‘म मरी जान्छु । कतै नजानु । यसै घरमा बस्नु । कुनै दिन मेरो छोरा आउँछ१’ मर्नुअघि मानमतीले बुहारी धनिसालाई यसो भनेर सम्झाइन् । सासुले भनेका यिनै कुरा धनिसाको गलामा अड्केर अहिलेसम्म कर्मघर छाड्नु भएको छैन । तर सासुआमाले भनेजस्तै उनको छोरो कहिले आउने हो, अझै कति पर्खनु पर्ने हो, टुंगो छैन ।

तै चाँडै फर्केलान् भन्ने झिनो आशा त छँदैछ धनिसालाई । उता जेलमा अमर कति पीरमा बाँचेका होलान । जतिबेला पनि फाँसीमा लडकाउने कुरा सोचेर कति फड्को हुँदो हो । 

कर्णबहादुर : अब देउताको भरमा

अमरले उनको गाउँ धारीको दौला पुगेर फर्केको थाहा पाएपछि जेलभित्रैबाट बेला बेला मलाई फोन गर्छन् । मैले पनि अमरलाई भन्ने कुरा धेरै छैनन् । उनको घरगाउँमा दुई दिन बस्दा देखेका कुरा सुनाउँछु । 

त्यतिबेलै सोध्छु, अमर जी तपाईंलाई कस्तो छ रु त्यत्रो पीरमा पनि उनी सजिलै भन्छन, ‘ठिक छ सर ।’ अमरले अहिलेसम्म जिन्दगीको आशा मारेका छैनन् । फोनमै भन्छन, ‘सबै पत्रकारलाई मेरो र परिवारको अवस्थाका बारेमा भनिदिनुहोला । सबैले सहयोग गरे भने त बाँचेर फर्कन्छु जस्तो लाग्छ ।’

अमर र धनिसाको मनमा जस्तै अमरका बुवा कर्णबहादुर बमको मनभरि पीरको भारी छ । भएका पाँचै सन्तान पखेटा पलाएर आफ्ना आफ्ना गुँडतिर लागे । उनीहरु आआफ्नै व्यवहारमा लागे । दुई छोरी कुटुम्बका घर गए । दुई छोरा छुट्टाभिन्न भइसके । 

कान्छी श्रीमतीपट्टीको नाबालक छोरा आफूसित राख्नुभएको छ । तर १० वर्षदेखि पिताको मन जेलमा रहेका माइला छोरा अमरमाथि छ । हुन त अमर पनि पखेटामा प्वाँख पलाएपछि उडि गएका हुन् । तर उनलाई परिस्थितिले खाडीको देशमा पिँजडाको सुगा बनायो । 

तर ६८ वर्षे दमका रोगी कर्णबहादुरलाई कामले छाडेको छैन । त्यत्तिसम्म त कर्णबहादुरलाई ठिकै थियो । गाउँले र आफन्तले नै कुरा काट्दा उहाँको चित्त रेटिन्छ । कर्णबहादुर भन्नुहुन्छ ‘दौंतरीहरु बेलुकातिर दारु खाएर आउँछन् र फलानोको छोरो जेलमा छ, यस्तो छ उस्तो छ भन्छन् । मेरो दिलमा कस्तो होला । जाँड खानेसँग बोल्यो झगडा हुन्छ । छोरा आएपछि सुनाउँला भनेर सबै कुरा मनमा राखेको छु ।’

छोरो जेल पर्नु अघिसम्म कर्णबहादुरको घरव्यवहार राम्रैसँग चलेको थियो । छोराछोरी हुँर्कंदै थिए । आफ्नो जागिर पनि थियो । तर बुढेसकालमा कर्णबहादुरलाई चिन्ता र अभावले गलाउँदै लगेको छ । घर सम्हाल्नुपर्ने जिम्मेवारी अहिले पनि ६८ वर्षे कर्णबहादुरकै काँधमा छ । 

जेलमा परेको छोरा छुटाउन उहाँले चिनेका सबैलाई भेटेर हार गुहार माग्नुभयो । हिँड्न र गुड्न सकिने जति ठाउँ धाउनुभयो । त्यसो गर्दा दार्चुला जिल्ला विकास समितिमा कार्यालय सहयोगीबाट अवकाश लिँदा उपदानवापत पाएको तीन लाख रुपैयाँ सकियो । त्यतिले नपुगे पछि एक लाख २० हजार रुपैयाँमा एक खला बारी बेच्नुभयो । खर्च सकिएपछि कति मनकारीले खाना खर्च दिए । कतिले गाडी भाडा दिए । कतिले काठमाडौंमा बस्न होटल मिलाइदिए । 

अहिले वस्तुभाउको थोरै आयस्ता र गाउँमा दुखजिलो गरेको भरमा कर्णबहादुरले घरव्यवहार चलाउनु पर्छ । तैपनि जेलमा रहेका छोरा छुटाउने दौडधुप जारी छ । कर्णबहादुर भन्नुहुन्छ ‘छोरा छुट्ने भए यो घरजग्गाको पनि मतलव छैन । यो बिक्री गर्न पनि तयार छु । छोरा चाहिँ आउनुपर्‍यो ।’

मर्नुअघि उहाँको एउटै धोको छ, जेलबाट छोरो छुटाएर ल्याउने र बुहारीलाई छोराको जिम्मा लगाउने । आफ्नो भन्दा धेरै बुहारीको चिन्ता छ कर्णबहादुरलाई । ‘बालबच्चा भएको भए बनाएर खा भनेर छाड्न हुन्थ्यो । मागेर ल्याएर बिहे गरेकोलाई छोड्दा त पाप लाग्छ । यसै छोड्न भएन,’ सुस्केरा निकाल्दै कर्णबहादुरले भन्नुभयो । फोनमा कुरा हुँदा छोराले सरकारले युएई सरकारसँग ‘एकदम तगडाका साथ’ कुरा गरिदिए आउन पाउँछु होला भनेको छ । छोराको कुरा सुनेपछि उहाँको मनले त्यसै बस्न मान्दैन । त्यही आशले उहाँ दार्चुलादेखि दुई दिन एक रात बस चढेर काठमाडौं आउनुहुन्छ । 

अघिपछि कहिल्यै नपुगेका कर्णबहादुरलाई छोरो विदेशमा जेल परेपछि काठमाडौं आउजाउ गर्नुपर्ने भयो । एक चोटी होइन १० चोटी उहाँ काठमाडौं ओहोरदोहोर गरिसक्नुभयो । डा। बाबुराम भट्टराई, खिलराज रेग्मी र सुशील कोइरालालाई प्रधानमन्त्री रहेका बेला उहाँले सिंहदरबार पुगेर भेटनुभयो । 

कर्णबहादुरले बेला बेला छोरोलाई सपनामा देख्न थाल्नुभएको छ । भन्नुहुन्छ ‘सपनामा कहिले खाली बस्या देख्छु । नजिक आए आए जस्तो देखिन्छ । ब्युझिँदा पनि त्यस्तै लाग्छ ।’

दार्चुला पुगेका बेला वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि निवेदन गर्नुभयो । पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई माओवादी केन्द्रको पेरिस डाँडामा रहेको पार्टी कार्यालयमा पुगेर भेट्नुभयो । तर उहाँको हारगुहारले अहिलेसम्म केही लागेको छैन । 

छोरा भोलि आउला, पर्सि आउला भनेर पर्खेको १० वर्ष बित्यो । कहिलेकाहीँ कर्णबहादुरलाई लाग्छ, ‘अब आफू पनि मर्ने बेला भयो । छोरो पनि त्यसै मर्ने भयो ।’ 

काठमाडौं जान अब खल्तीमा पैसा छैन । छोराको शोकले श्रीमती बितेदेखि कर्णबहादुरलाई पत्नी शोक थपियो । त्यहीबेला देखि दमको रोग छ । उकालोओरालो गर्न गाह्रो पर्छ । आफ्नै दामलीहरु घरैमा खान्छन्, बस्छन् । अल्छी लाग्दा चौकतिर गएर गफ लडाउँछन् । 

सपनाको देखेको छोरो बिपनामा घर आई पुग्ने कुरो भएन । हतास कर्णबहादुरलाई हिजोआज भाग्यमा विश्वास लाग्न थालेको छ । त्यसैले आजकाल उहाँ देवीदेवताको शरणमा पर्नुभएको छ । छोराका निम्ति भाकल गरेर पालेको खसी देखाउँदै कर्णबहादुरले भन्नुभयो, ‘मन्दिरमा भाकेको खसी छोरा नआइन्जेल त्यत्तिकै रहन्छ । जुन दिन आयो त्यससँगै ८ वटा खसी काटिन्छ ।’ 

तर ६८ वर्षे दमका रोगी कर्णबहादुरलाई कामले छाडेको छैन । त्यत्तिसम्म त कर्णबहादुरलाई ठिकै थियो । गाउँले र आफन्तले नै कुरा काट्दा उहाँको चित्त रेटिन्छ । कर्णबहादुर भन्नुहुन्छ ‘दौंतरीहरु बेलुकातिर दारु खाएर आउँछन् र फलानोको छोरो जेलमा छ, यस्तो छ उस्तो छ भन्छन् । मेरो दिलमा कस्तो होला । जाँड खानेसँग बोल्यो झगडा हुन्छ । छोरा आएपछि सुनाउँला भनेर सबै कुरा मनमा राखेको छु ।’

राष्ट्रपति विद्यादेवी भण्डारी युएई गएका बेला त्यहाँका राजासित भेट गरेको खबर परिवार र गाउँलेले पनि थाहा पाए । अमर छुट्यो भनेर त्यो बेला धेरै खुसीयाली गरेछन् । तर, त्यो खुसीयाली धेरै समय टिकेन । अमर फर्केनन् । 

त्यो घटनापछि कर्णबहादुरले बेला बेला छोरोलाई सपनामा देख्न थाल्नुभएको छ । भन्नुहुन्छ ‘सपनामा कहिले खाली बस्या देख्छु । नजिक आए आए जस्तो देखिन्छ । ब्युझिँदा पनि त्यस्तै लाग्छ ।’

सपनाको देखेको छोरो बिपनामा घर आई पुग्ने कुरो भएन । हतास कर्णबहादुरलाई हिजोआज भाग्यमा विश्वास लाग्न थालेको छ । त्यसैले आजकाल उहाँ देवीदेवताको शरणमा पर्नुभएको छ । छोराका निम्ति भाकल गरेर पालेको खसी देखाउँदै कर्णबहादुरले भन्नुभयो, ‘मन्दिरमा भाकेको खसी छोरा नआइन्जेल त्यत्तिकै रहन्छ । जुन दिन आयो त्यससँगै ८ वटा खसी काटिन्छ ।’ 

देशका उच्चपदस्थ नेता, सांसद्लाई हात जोड्दा पनि छोरा फर्काउन नसके पछि कर्णबहादुरले आफ्ना कुल देवता कोल्से, केदार र ब्रह्मसित भाकल गर्नुभएको छ । काठमाडौं फर्कने क्रममा मलाई खलङ्गासम्मको जीप चढाउन आएका कर्णबहादुरले भन्नुभयो, ‘देउताले त छोरो छुटाउन प्रयास गरी दिन्छन् कि ?’

याे पनि पढ्नुहाेस्/हेर्नुहाेस्

विदेशबाट ल्याएको लाश बोकेर मध्यरातमा काठमाडौंदेखि खोटाङसम्म (भिडियो)

 

अन्तिम अपडेट: भदौ २३, २०७५

रीतु थेबे

वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्ने थेबेलाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया