बंगलादेशमा १९ तले भवनमा आगलागी, कम्तीमा ६ जनाको ज्यान गयो

 चैत १४, २०७५ बिहिबार १७:४२:४ | एजेन्सी
unn.prixa.net

तस्बिर : पलाश खान, डेली स्टार

आज अपरान्ह बंगलादेशको राजधानी ढाकाको बनानीमा १९ तले एफआर टावरमा आगलागी हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा ढाका विश्वविद्यालयका विद्यार्थीहरु पनि रहेको बताइएको छ । घटनामा परि अन्य केही घाइते भएका छन् । 

आगलागीमा परेर ज्यान गुमाउनेमा एक जना ३५ वर्षीय अब्दुल अल फारुक रहेको बताइएको छ । त्यस्तै आगलागीमा परेर अर्का अन्दाजी ३० वर्षीय व्यक्तिको ज्यान गएको छ । आगलागीमा परेका उनको कुर्मिटोलो जनरल हस्पिटल लगेपछि निधन भएको थियो । 

आगलागीमा परेर ज्यान गुमाएका अन्य चार जनाको भने पहिचान भइसकेको छैन । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको अधिकारीहरुले जनाएका छन् । 
एक महिनाअघि पनि ढाकाको चौकबजार इलाकाको एक भवन र रासायनिक गोदाममा आगलागी हुँदा ७८ जनाले ज्यान गुमाएका थिए भने ५० भन्दा बढी घाइते भएका थिए । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया